खाडाचक्र नगरपालिकामा ब्रह्मलुट जनप्रतिनिधिको मालामाल ।

कालिकोट:    जिल्ला स्थित खाडाचक्र नगरपालिकाले स्वास्थ्य शाखा मार्फत १२ जना कर्मचारीलाई राजनीतिक नियुक्तिमा भर्ना गरेको पाइएको छ । स्थानीय तह निर्वाचनमा आफुलाइ मत दिएकै आधारमा खाडाचक्र नगरपालिका–५ मोल्फास्थित स्वास्थ्य चौकी दाहाँमा ४ जना कर्मचारी विना विज्ञापन राजनीतिक नियुक्ति गरेको पाइएको हो । पाँखा स्वास्थ्य चौकीमा १ जना, जिल्ला अस्पताल कालिकोटमा ७ जना स्वास्थ्यकर्मीलाई विना विज्ञापन ठाडो नियुक्तिमा भर्ना गरिएको हो ।
खाडाचक्र नगरपालिकाको बजेटबाटै तलव दिने गरि मनोमानी ढङ्गले कर्मचारी नियुक्ति गरेको छ । बिना विज्ञापन नगरपालिकाले आफ्नो मनोमानीले १२ जना कर्मचारी नियुक्ति गरेको हो । नगरपालिका अन्तर्गत मोल्फा स्वास्थ्य चौकीमा २ जना अनमी र २ जना अहेव नियुक्ति गरिएको छ । भने स्वास्थ्य चौकी पाखामा १ जना अनमी र जिल्ला अस्पताल कालिकोटमा २ जना अहेव, २ जना रेडियोग्राफि, १ जना ल्याव असिस्टेन्ट, २ जना अनमी नियुक्ति गरिएको छ ।
विना विज्ञापन गरिएको नियुक्तिमा जिल्ला अस्पताल कालिकोटमा कार्यरत २ जना रेडियोग्राफीले अहिलेसम्म आफुले पास गरेको शैक्षिक प्रमाणपत्र समेत उपलव्ध नगराएको पाइएको छ । नगरपालिकाले करारमा नियुत्ति गरिएको भन्दै अन्दाधुन्दा कर्मचारीको बैंक खातामा तलव हाल्ने गरेको हो । तलवको लागि कर्मचारी नियमित भयो भएन भन्ने एकीन नगरि तलव हाल्ने गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख भिष्म पोखरेलले बताए । उनले भने हामीलाई नगरपालिकाले सोधेको र्छैन हाजिर पनि माग गर्दै कसरी पैसा हाल्छ आफुलाई थाहा नभएको उल्लेख गरे ।
आर्थिक वर्ष २०७४÷०७५ बाट तलव खाने गरि स्वास्थ्यचौकी दाहामा सेवा प्रदान गर्दै आइरहेका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव समेत नपाएको गुनासो गरेका छन् । स्वास्थ्यकर्मीले आफुहरुले १ वर्षदेखि नियमित काम गर्दै आएको बताएका छन् । उनीहरुले तलवको सट्टा अहिलेसम्म नियुत्तिपत्र समेत नपाएको स्वास्थ्य चौकीमा कार्यरत अहेव पशुपति भट्टराईले बताए । वडा नं ५ मा घर भई स्वास्थ्य चौकीमा कार्यरत उनले मासिक खर्चका लागि घरबाटै रकम माग्नुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले भने, ‘आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।’ उनका अनुसार करारका कर्मचारीले न नियुत्ति पाएका छन् न त तलव नै पाएका छन् ।
२०७५ साल साउनबाट सेवा गर्दै आएकी जानु कुमारी बमले पनि अहिलेसम्म नियुक्ति नपाएको बताइन् । उनले भनिन्, ‘नगरपालिका प्रमुखले हामिलाई काम गर भने, हामी काम गर्दै र्छौ नियुक्ति पाएका छैनौं असोजसम्मको १५ हजारका दरले तलव पाएका र्छौ, असोज पछि तलव नै पाएका छैर्नौ ।’ नगरपालिकाले एक वर्षसम्म नियुक्ती नदिदा अहिलेसम्म हाजिर गर्न नपाएको विर्खबहादुर शाहीको दुखेसो छ । उनले भने, ‘गत फागुन महिनादेखि काम गर्दै आएका र्छौ, अहिलेसम्म नियुक्ति पाएका छैर्नौ, हाजिर गर्न पनि पाएका छैर्नौ, तलव भने असोजसम्मको पाएका र्छौ ।’
स्वास्थ्य चौकी दाहाका निमित्त प्रमुख. महेश आचार्यले जानु कुमारी शाही, विर्खबहादुर शाही, पशुपति भट्टराई र विमला चौलागाईले अहिलेसम्म नियुक्ती नहुँदा हाजिर गर्न नदिएको बताए । उनले भने, ‘नगरपालिकाले कसरी पठायो कसरी तलव खुवाउर्दै छ हामीलाई जानकारी छैन, कसरी हाजिर गर्न दिउँ ।’ तर खाडाचक्र नगरपालिका–५ का वडाध्यक्ष खडानन्द चौलागाईको छोरी विमला चौलागाईले भने स्वास्थ्यचौकीमा सेवा नदिएरै तलव खार्दै आएकी छन् । राजनीतिक पहुँचबाट नियुक्ति भएकी चौलागाई हाल काठमाण्डौमा छन्, उनको नियुक्ति पनि छैन स्वास्थ्यचौकीमा हाजिरी पनि र्छैन तर नगरपालिकाले महिनापिच्छे तलव खातामा हाल्ने गरेको छ आचार्यले भने । अन्य ३ जना करार कर्मचारीले तलव पाउनुको साटो नियुक्ति समेत पाएका छैनन् ।
‘लामो समय भईसक्यो विमला चौलागाई काठमाण्ठौ गएको उनको खातामा फागुन महिनासम्मको तलव जम्मा भइसकेको छ ।’ संगै कामगर्दै आएका अन्य ३ जना स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाएका छैनन् । वडाध्यक्षको छोरीले सेवाप्रवाह नगरेरै तलव लगिरहेकी छन्, नगरपालिकाले कसरी तलव दिन्छ स्वास्थ्य चौकीमा जानकारी नभएको निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए । नगरप्रमुख जसीप्रसाद पाण्डेले काम गर्न भनेपछि आफु एचए पढेर अहेवमा रहेर काम गर्दै आएकोे विर्खबहादुर शाहीले बताए । उनले भने, नगरप्रमुखले काम गर्दै जानुस् भनेकाले आफु काम गर्दै आएको छु । उनले भने, ‘हामीलाई नियुत्ति दिएको छैन्, असोज सम्म १५ हजारका दरले तलव दिएको छ, असोज पछि तलव पनि दिएको छैन ।’
खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका बस्तिमा सेवा दिने उद्देश्यले वडापालिकाको निर्णय अनुसार अहेव र अनमी नियुक्ति गरिएको हुन सक्ने बताए । उनले १२ जना स्वास्थ्यकर्मी राजनीतिक दवावका कारण राख्नुपरेको जानकारी दिए । तर कसको दवावमा उनले नाम भन्न आनाकानी गरे ।
आर्थिक वर्ष २०७४÷०७५ मा स्वयमसेवकका रुपमा तलव खुवाउनुपरेको थियो । राजनीतिक दवावका कारण आफुले बाध्य भएर नियम बाहिर गएर काम गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृतले स्विकार गरे । नगरपालिकाले साधन, स्रोत र नियुक्ति बिना कर्मचारी खटाएको छ, आफु बाध्य भएर तलव खुवाउनु परिरहेको छ । असोजभन्दा यता तलव खुवाउन नसकिने प्रमुख प्रशासकीय अधिकृत पंगेनीले बताए । साउनबाट हाजिर नगरेरै तलव खाएको पाइएमा नगरकार्यपालिकाको बैठक बसाली असुल उपर गर्ने प्रतिवद्धता जनाए ।
यता स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले सवै गल्ती आफ्नो भएको स्विकार गरेका छन् । उनले आफुबाट गल्ती भएकाले अवका दिनमा यस्तो गल्ती हुन नदिने जानकारी दिए । हाजिरीविनै तलव खाएको भए कति महिनाको तलव हो हामी असुल उपर गर्ने छौ उनले भने, राजनीतिक दवावका कारण हामीले कर्मचारी भर्ना गरेका र्हौ, हामीबाट गल्ती भयो ।
पछिल्लो समय स्थानीय सरकारले मनोमानि ढंगले कर्मचारी राख्दै आएको पाइएको छ । स्थानीय तहको निर्वाचनमा मत माग्नका लागि जागिरको आश्वासन दिएका ले आसेपासेलाई विना नियुत्ति तलव दिदै आएको हुनसक्ने नागरिक समाजका अगुवा मनसिंह शाहीले बताए । उनले भने, ‘कर्मचारीलाई हचुवाको भरमा काम गर्न बाध्य पारिएको छ न त तलव दिइएको छ न त नियुक्ति दिइएको छ’ । karnalipati.com बाट यो समचार सभार गरिएको हो