अखिल क्रान्तिकारीका दुई नेता गिरफ्तार

२६ पुस,काठमाडौँ । अखिल क्रान्तिकारीका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

             नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिक र प्रज्जव शाहीलाई विहीबार प्रहरीले सानेपाबाट गिरफ्तार गरेको हो ।

मनपरी शुल्क उठाएको, भौतिक पुर्वाधारलगायत विषयमा आजै सिटिईभिटीलाई ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीहरुले गुनासो गरेपछि अनुगमनको लागि बिक र शाही कलेजमा पुगेका थिए । तर, व्यवस्थापनले प्रहरीलाई बोलाएर गिरफ्तार गराएको अखिल क्रान्तिकारीले बताएको छ । संगठनको सिटिईभिटी समन्वय समितिका संयोजक बिक र उपत्यका विशेष जिल्ला समितिका अध्यक्ष शाहीले विभिन्न मागसहित तीन बुँदे मागपत्र बुझाएका थिए ।

यस्तो छ मागपत्र 

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     5:41:34 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *