चिसो मौसममा खानपिनमा ख्याल राख्न स्वास्थ्य कर्मि तथा औषधी बिशेषज्ञ बरालको आग्रह ।।

सुर्खेत,२६   तराइमा चिसो मौसम तथा सितलहर बढेसगै बिरामी हरुको चाप बढ्दै गएको छ। बिषेस गरेर यो समयमा सिजनल रुघाखोकी,निमोनियां, टनसिलाइटिस, स्वासप्रस्वास सम्बन्धी समस्या भाइरल ज्वरोको समस्या बढि देखिन्छ ।

यो चिसो मौसमामा विशेष गरेर दिर्गरोगि,सुगर,प्रेसर थाइराड बिरामीहरुले विशेष सचेतना अपनाउन स्वास्थ्य कर्मि तथा औषधी बिषेशज्ञ (फार्मासिष्ट) शेखर बरालले बताउनु भयो ।

        चिसो बाट बच्नकालागी हातखुट्ट,नाख,मुख लाइ न्यानो बनाउनेगरि कपडालगाउने, हिडडुल गर्दा माक्स लागउने, झोलिलो खानेकुरा तथा तातोपानि खाने, रुगालागेको बिरामिको नजिक नबस्ने,हाच्छीउ गर्दा रुमालले मुख छोप्ने,बिहान बेलुका चिसो हावामा हिडढुल नग्रने बरालले बताउनु भयो । यदि यो मौसममा रुघाखोकि लागेमा चिकित्सकको परामर्श बिना एन्टीबायोटिक औषधीको प्रयोग गर्नु हुदैन । यदि लामो समयसम्म बिरामिलाइ निको नभएमा चिकित्सकको सल्ला लिएर मात्र औषधी सेबन गरौ ।।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     7:23:35 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *