उत्पादननै समृद्धिको मुख्य आधार हो -पलाता गाउँपालिका अध्यक्ष बम ।

पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बम ले उत्पादननै समृद्धिको मुख्य आधार हुने बताउनु भएको छ । कर्णालि प्रदेश आफैमा उत्पादन हुने प्रदेशको रुपमा चिनिन्छ भन्दै अध्यक्ष बमले स्थानिय तहले पनि बिसेस गरेर कृषि,बन, क्षेत्रमा उत्पादनहुने बस्तुको पहिचान र आधुनिकरण गरी रोजगारी संग जोड्दै गाउँपाकिलाको मुख्य आम्दानिको स्रोत बनाउने तयारीमा जुटेको बताउनु भयो ।

कर्णालि प्रदेशको राजधानि बिरेन्द्र नगर सुर्खतमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बमले केन्दीय र प्रदेश कानुन पुर्णरुपमा नबनेको हुदा बिभिन्न कानुनी पर्खालले छेकिरहँदा पनि पलाँता गाउँपालिकाले कार्यबिधि मार्फत बिकासको गतिलाइ अगाडि बढाइरहेको बताउनु भयो ।

यस्तै पलाता गाउँपालिकामा पौष ८ गते राति भएको आगलागि पिडितहरुका लागी राहात संकलन भइरहेका खबर मिडियामा आए जतिको तेति रकम गाउँपालिकाको सम्पर्कमा नपुगेको बताउनु भयो । जो जस्ले जहाबाट जति सहयोगको घोषण गर्नु भएको छ तेसकालागी धन्यबाद दिदै राहांत संकलनको एकिन गरि तथ्यांक लिइरहेको बताउदै राहात संकलनमा केहि कता बदमासि भएको भन्ने पनि खबर सुनेको छु यदि राहत संकलानमा बदमासि गरेको पाइएमा तथ्यांक सर्बाजनिक गरेर उठेका टिप्णी मार्थि कुनै कसुर नराखि कानुनि बाटो अपनाउने बताउनु भयो । आगलागीबाट २३ ओटा घर जलेर पुर्ण नस्ट भए पनि उक्त घटना बाट ६५ घरपरिवार प्रभाभित भएको अध्यक्ष बमले बताउनु भयो ।

साक्षात्कार कार्यक्रमा बोल्दै अध्यक्ष बमले आफ्नो कार्यकाल भित्र समृद्धिका सम्पुर्ण आधार हरु तयार गरि नमुना गाउँपालिका बनाउने उद्यघोष ग्रनु भएको छ ।

नमुना गाउँपालिका बनाउने आधार हरु
१) गुणस्तरीय शिक्षा र समान पहुचमा स्वास्थ्य सुबिदाका लागी एक वडा एक स्वास्थय चौकि स्पाना भएको र यसलाई ब्यबस्थित गराउने र सम्पुर्ण शिक्षण संस्थालाई भौतिक ब्सबस्थापन निरन्तर नियमन गर्ने ।
२) निमार्णधिन अबस्थमा रहेका हाइडे सम्पन्न गर्ने र संञ्चालनमा अएका हाइडे ब्यबस्थित गरि सम्पुर्ण घरदुरीमा बिद्युत जडान गरि लोडसेडिङ नहुने गरि यसै बर्ष अध्यारो मुतm पलाता र धुवारहित पलाता घोषण गरिने ।।
३) तेस्रो बर्ष भित्र सम्पुर्ण वडामा सडक बिस्तार गर्ने साथै स्वच्छ खाने पानिकालागी पालिकाका २७ सय घरदुरीमा एक धारा निमार्ण गर्ने ।
४) चौथो बर्षमा एक गाउँ एक पोखरी ,एक घर एक नर्सरी लाई सार्थकक्ता दिन सम्पुण वडामा थोपा सिर्चाको पुर्ण ब्यबस्था गरि नर्सरी निमार्ण गरि सक्ने ।
५) पाचौ बर्षमा गाउंपालिका भरी उत्पादन बस्तुको संकलन र प्रशोधन केन्द्रमा बजेट केन्द्रीत गर्दै पुर्ण रोजगारिको ब्यबस्था साथै उत्पादन बस्तुको बजारीकरण सुनिश्तता गरि सुन्दर र समृद्ध पालाता गाउँपालिका निमार्ण गर्ने ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     6:09:10 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *