नेकपाका अध्यक्ष दाहाल पनि बिरामी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पनि बिरामी भएका छन्।

भाइरल ज्वरोले सताएपछि चिकित्सकको सल्लाह अनुसार दाहाल आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

चिकित्सकले दाहाललाई केही दिन धपेडी नगर्न र आराम गर्न सुझाव दिएका छन्। केही दिन भेटघाट तथा सार्वजानिक कार्यक्रममा सहभागी नहुन पनि चिकित्सकको सुझाव छ।

दाहालकी पत्नी सीता र खानेपानी मन्त्रीसमेत रहेकी बुहारी बिना मगर पनि रूघाखोकी र ज्वरोले बिरामी छन्।  उनीहरुको ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबारदेखि नै मन्त्रालय जान नसकेकी मन्त्री मगर सोमबार साँझ अस्पताल भर्ना भएकी हुन्।

दाहाल पत्नी सीता तीन दिनअघि अस्पताल भर्ना भएकी थिइन्। (रासस)

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     5:19:50 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *