पुर्ब महासचिव बराल कर्णाली जेसीज २०१९ को अध्यक्षमा निर्बाचित ।

कर्णाली जेसीज कालिकोटको सार्तौ शाखा अधिबेशन नयाँ नेतृत्व चयन गदै सम्पन भएको छ । कालिकोटको सदरमुकाम मान्म खाडाचक्र मा शनिबार सुरु भएको अधिवेशनले पुर्व महासचिव जन्मदेव वराललाई अध्यक्षमा सर्वसम्वत चयन गदै आइतबार सम्पन्न भएको हो । कर्णाली जेसीज कालिकोट शाखा बर्ष २०१८ का अध्यक्ष राजेन्द्र बहादुर शाहिको अध्यक्षता, कर्णाली प्रदेश सभाका सासंद शुसिला शाही को प्रमुख आतिथ्यता र कर्णाली जेसीजजका स्थापक अध्यक्ष, बर्ष २०१५ का राष्र्टीय उपाध्यक्ष तथा बर्ष २०१८ का तालिम आयुक्त अनिल बहादुर शाहिको बिशेष आतिथ्यता र बर्ष २०१७ का अध्यक्ष सावित्री शाही, र सल्लाहकार तस्वीरा शाही लगाएतको सहभागीता सम्पन्न अधिबेशनले  जन्मदेब वरालको अध्यक्षतामा ११ सदस्सीय बर्ष २०१९ को कर्णाली जेसीजको गठन गरिएको हो ।

जस्मा कार्यकारीणी उपाध्यक्षमा सबिन बिष्ट र खड्क बिश्वक्रर्मा रहेका छन भने महासचिवमा कर्ण बिश्वक्रर्मा, कानुनि सल्लाहकार धर्मराज शाहि, कोषाअध्यक्ष लक्षमण कुमार शाही उपाध्यक्षहरु गोबिन्द्र नेपाली ,कर्मसिहं बुढा ,कटक बहादुर महतारा,धनबहादुर भन्डारी लगायत ११ सदस्यीय समितिको गठन गरेको छ । साशन ब्यक्तिको होइन, बिधिको  हुनुपर्दछ भन्दै कर्णाली जेसीजले लामो समय देखि १८ वर्ष माथि र ४० वर्ष मुनीका युवाहरुलाई संगठित गदै नेतृत्व र क्षमता बिकासको क्षेत्रमा कालिकोट जिल्लामा कृयासिल हुदै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शोसिला शाहीले जेसीजले थालेको युवाहरुको क्षेत्रका सम्पुर्ण गतिबिधि हरुमा आफ्नो सहयोग रहने सम्मेत प्रतिबद्धता गर्नु भयो यस्तै कार्यक्रमा बोल्दै बिशेस अतिथि तथा कर्णाली जेसीजजका स्थापक अध्यक्ष, नेपाल जेसीज बर्ष २०१५ का राष्र्टीय उपाध्यक्ष तथा बर्ष २०१८ का राष्टिीय तालिम आयुक्त अनिल बहादुर शाहिले समाजमा सभ्य र सकृय युवा निमार्ण गर्नकालागी जेसीजले कालिकोटका बिभिन्न क्षेत्रमा थप क्रियासिल भएर तिर्ब गतिमा आफ्ना गतिबिधिहरु संञ्चालन गर्नुपर्ने बताउदै छरीयर रहेका युवाहरुलाई समाज रुपान्तरणको अभियानमा जोड्न नया कार्यसमितिलाई आग्रह समेत ग्रनु भयो । नबनिर्बाचित अध्यक्ष जन्मदेब बरालले समाज रुपान्तरणकालागी अब कर्णाली जेसीज प्रतेक युवाहरुलाई यो अभियानमा जोड्ने बताउनु भयो ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     9:52:08 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *