डा. गोविन्द केसीले अनशन तोडे

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले २४ औं दिनमा अनसन तोडेको बताइएको छ ।

डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् ।

डा. केसीलाई आजै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भेटेका थिए ।

उनीहरुले डा. केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यस्तै आजै प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाईं र रविन्द्र सिंह बानियाँलगायतले भेटेरै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     7:24:46 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *