दोस्रो टी- २० मा नेपालले युएईलाई ४ विकेटले हरायो, सिरिज १-१ को बराबरीमा

युएईमा जारी तीन खेलको टी ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको छ। युएईले दिएको १०८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए। ४१ बल खेलेका ऐरीले ४ चौका र एक छक्कासहित ४७ रनमा अभिजित रहे।

यस्तै २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए। यसअघि करन केसीले २३ बल खेल्दै १ छक्का र २ चौकासहित २० रन जोडेका थिए।प्रदीप ऐरीले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए।कप्तान पारस खड्का पहिलो बलमा शून्य रनमा आउट हुँदा सुनदिप जोराले १ रन जोडेका थिए।यसअघि टस जितेरपहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो।

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     6:09:22 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *