पर्यटनलाई पहिलो प्राथमिक्ता राखेका छौ – अध्यक्ष सेजुवाल ।

पचाझरना गाउँपालिकामा रहेको पचालझरनालाई चिनाउनकालागी पर्यटन प्रर्बधन कार्यक्रम बनाएर अगि बढेको पचाझरना गाउँपालिका अध्यक्ष खड्क सेजुवालले बताउनु भयो ।
कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सेजुवालले पचालझरना गाउँपालिकामा रहेको पचालझरना नेपालको मात्र नभई एसियाकै ठुलो झरर्ना भएकाले अब हामि यस क्षेत्रमा पर्यटकहरुको आगमन गराउनकालागी आबश्यक प्रर्ने सम्पुर्ण पुर्बधार बिकास र पचार प्रसारमा लागेकोे बताउनु भयो ।

                       पचालझरना गाउँपालिका भुगोलको हिसाबले बिकट भएपनि निर्बार्चित भएर आइसकेपछि पचालझरनालाई सुचिकृतका निम्ती पचालझरना पद यात्रा र पचालझरना पर्यटन महोत्सव २०७५ सम्पन्न गरेको,मदिरा निशेध अभियान संञ्चादन गरेको ,गाउँपालिकाका ३ वटा वडामा एक घर एक धारा अभियान कार्यक्रम सम्पन्न,भैंसेसैन देखि ठाँटीसम्म र भुराबगर देखि सर्कासम्म सडक बाटो निर्माण कार्य सम्पन्न । प्रत्येक सामुदायिक विद्यालयहरुमा डिजिटल हाजीरको व्यवस्था गरिएको सेजुवालले बताउनु भयो ।

अबको बाकि कार्यकाल भित्र यस गाउँपालिकाका सबै टोलमा एक घर एक धारा , प्रत्येक गाउँ बस्तीमा सडक संजार विस्तार ,प्रत्येक वडामा स्वास्थ्य संस्था राख्ने,पालीका स्तरमा एउटा अस्पताल निर्माण गर्ने,जातीय छुवाछुत र लिङ्गिय भेदभावको अन्य गर्ने योजना बनाएर अघि बढेको बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     8:11:41 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *