नगरपालिकाको पुर्बाधार बिकासमा जुटेका छौ -नगर प्रमुख लालबहादुर महतारा (भिडियो )

छेडागाड नगरपालिकामा पुर्बाधार बिकासलाई प्रहिलो प्राथमिक्ता दिएको नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्टकर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रमामा बोल्दै नगर प्रमुख महताराले छेडागाड नगरपालिका आफैमा बिकट भएकाले काम गर्नु चनौति भएपनि हामिले पुर्बधारबिकासमानै जोड दिएर करिब ४५ किलोमिटर सडक बाटो निर्माण गरि नगरका ११ वटा वडामा सडक विस्तार गरिसके को बताउदै साजिक बिकासक्षेत्रका कार्यक्रमपनि तिर्ब गतिमा गरिरहेको बताउनु भयो ।

निर्बार्चिच भएर आइसकेपछि हाल सम्म हामिले स्थानीय तहका लागि आवश्यक ४० वटा कानुनहरु निर्माण,नगरका ३ वटा सामुदायिक विद्यालयमा उपयुक्त खेलमैदान निर्माण,वालवालिकाको विकासका लागि थप २६ वटा वालविकास केन्द्र स्थापना, २ वटा वर्थिङ्ग सेन्टर स्थापना,जोखिममा रहेका वालवालिकाहरुको शैक्षिक पहुँच बृद्धिका लागि नगरका प्रतिनिधिहरुको ३ महिनाको तलव–भत्ता कटौती गरी २२ लाखको वाल अक्षयकोष निर्माण गरिएको,सामाजिक मूल्य मान्यताहरुको विकासका लागि पुरातात्विक सम्पदाहरुको संरक्षण,वडा नं. ५ को वडा कार्यालय भवन निर्माण,पूर्वाधार तयार गरी सुयआडा क्षेत्र र समालथान मालिका क्षेत्रलाई पर्यटकीय गन्तब्य क्षेत्र निर्धारण,विकट बस्तीमा बृहत खानेपानी आयोजना सम्पन्न,झण्डै ११ वटा सामुदायिक विद्यालयका भवन निर्माण, सामुदायिक सिकाई केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरेको बताउनु भयो ।

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     6:27:42 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *