कर्णालीका यूवाहरुकालागी गुणात्मक शिक्षा प्रदान गर्नु आजको आवश्यक्ता हो-मन्त्री रावल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका यूवाकालागी गुणात्मक शिक्षा प्रदान गरि र उज्वल बबिश्यको बाटो देखाउनु आजको आबश्यक्ता भएको बताउनु भएको छ । रोजगारिको शिलसीलामा विदेशीने नेपाली यूवाहरुले ज्यालाखारी काममा मात्रै सिमित नभई जहाँ जाने हो त्यो देशको भाषामा दक्षता र सीप सिक्नु पर्ने मन्त्री रावलको बताउनु भयो ।

मन्त्री रावलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माउन्ट रोयल एजुकेशन कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै दक्ष जापानीज प्रशिक्षकहरुबाट भाषाका कक्षाहरु सञ्चालन गरि दक्ष बनाएर नेपाली यूवाहरुलाई त्यहाँ उच्च शिक्षा हासिल गर्नेका लागी जापान पठाउनु पर्नेमा जोड जोड दिदै देश समृद्धिको बाटोमा अघि बढिरहेको बताउदै मन्त्री रावलले देश छोडेर विदेश जान नहुने भन्दै जानै परे ज्ञान प्राप्त गरि उच्च शिक्षा हासिल गर्ने र दक्ष बन्न जानु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै सांसद ठम्म बिष्टले नेपालमा कलकारखाना, उद्योग धन्दाहरुको विकास नहुँदा सम्म रोजगारकालागि बाहीर जाने यूवाहरु दक्ष भएर जानुपर्ने र उनिहरुले पैसा र सीप सिकेर स्वदेश फर्कीनु पर्नेमा जोड दिनुभयो । भाषाको अज्ञानता र सिप भएन भने विश्वका जुन देशमा गएपनि कुल्लि काम नै गर्नुपर्ने हुँदा भाषाको ज्ञान सँग दक्षता पनि हुनुपर्नेमा जोड दिनुभयो ।

रोयल जापानीज् ल्याङ्गवेज कलेजका प्रिन्सिपल हिरानाथ महर्जनले जापानीज भाषा मात्रै नसिकाई त्यहाँको संस्कार पनि सिकाइने हुँदा अरु भन्दा यो कम्पनि अब्बल दर्जाको भएको दावी गर्नुभयो ।

कार्यक्रममा म्यानेजिङ्ग डाइरेक्टर मेघराज शाहीले जापानको टोकियो स्थित इकेबुकुरोमा केन्द्रिय कार्यालय र नेपालको संघिय राजधानी काठमाण्डौको पुतलिसडकबाट बिगत पाँच बर्षदेखि सेवा दिदै आएको जानकारी दिदै सो सेवा अब कर्णाली प्रदेशबाट पनि उपलब्ध गराइने बताउनुभयो । डाइरेक्टर शाहीले नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्विकृति प्राप्त गरि जापानीज् अनुभवी प्रशिक्षकहरु द्धारा नयाँ कक्षा सञ्चालन हुने भएकाले ढुक्क भएर भाषा सिक्ने अबसर नगुमाउन पनि आग्रह गर्नुभयो ।

       

प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५     2:09:41 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *