बिकासकालागी तिनै सरकारले सहअस्तित्वमा काम गर्नुपर्छ -अध्यक्ष बस्नेत

कर्णाली प्रदेशको बिकासकालागी सबिधानमा ब्यबस्था भए अनुसार एक अर्काको सहअस्तीत्व हुनेगरि तिनै सरकारले बिकाससिय कामकार्यहरु कार्यनवयनमा ल्याउनु पर्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।

कुसे गाउंपालिका सुन्दर शान्त सम्बृद्ध ठाउँ कुसेगाउँपालिकाको शान,बिकास र पुर्बधार निर्माण गर्ने हाम्रो अभियान भन्ने मुल नाराकासाथ जाजरकोट जिल्लामा रहेको कुसेगाउँपालिकाको बिकास निर्माणका कामहरु तिर्ब गतिमा अगाडि बढिरहेको कुसेगाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।

कर्णाली प्रदेशको राजधानिमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले गाउपालिकामा निर्बाचित भइसके पछि गाउंपालिकाको ३६ कोठे भवन र सबैवडामा सामुदायिक बिद्यालयका ३ कोठे १६ ओटा भवन निमार्णकार्य सम्पन्न, गाउंपालिकाको सबै वडा हरुमामा सडक बाटो बिस्तार स्वास्थ्यइकाई ४ ओटा स्थापना, ९ ओटा ऐन पास गरि राजप्रत्रमा प्रकाशित, खानेपानि निमार्णगरी गांपालिकाका ७७ प्रतिशत समुदाय लाभाम्बीत, शिक्षक अनुदान दिई शिक्षा लाई गुणस्तरीय बनाउनमा सफल भएको बताउनु भयो ।

साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कुसेगाउँपालिका लाई बाकी कार्यकाल भित्र ,धार्मिक पर्यटन विकासका लागि कुशे गाउँपालिकामा रहेको मष्टा मन्दिरलाई डिपिआर गरी ५ वर्षमा धार्मिक पर्यटकीय क्षेत्र बनाउने,कुशे गाउँपालिका वडा नं. ५ मा रंगशाला निर्माण गर्ने,कुशे गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने,कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्ने,१५ शैयाको अस्पतालको डिपिआर सुरु गरी सम्पन्न गर्ने,शैक्षिक सुधारका लागि नयाँ रणनीति ल्याई कार्यान्वयन गर्ने,प्रत्येक वर्ष गाउँपालिकाबाट बजेट बिनियोजन गरि १ जनालाई एमविविएस पढाउने व्यवस्था गर्ने प्रतिबद्धता गर्नु भयो ।

 

प्रकाशित मितिः बुधबार, माघ २३, २०७५     7:52:56 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *