नेपालको हिरो कम्युनिष्ट पार्टी होइन, विवेकशील साझा पार्टी बन्छ -संयोजक दहांल

नेपालको हिरो कम्युनिष्ट पार्टी होइन, विवेकशील साझा पार्टी आगामि निर्बाचनबाट हिरो हुने विवेकशील साझा पार्टिका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दहांलले बताउनु भयो । कम्युनिष्ट सरकारले गरेको मंहगी,सबै बस्तु र सेवाहरुमा अत्यधिक कर बृद्धि गरी गरिब जनातको रगत र पसिनाको मुल्यलाई स्वहां गर्ने दाउमा लागेकाले जनताले अबको निर्बाचनमा विवेकशील साझा पार्टी लाई परीक्षा लिने तयारीमा रहेको बताउनु भयो ।

कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संयोजक दहालले नेपालमा अब हिरोको आबश्यक्ता भएको यो कम्युनिष्ट पार्टी र कागे्रस पार्टीले पुष्टी गरेको हुदा अबको हिरोको आसा विवेकशील साझा हुने बताउनु भयो ।

साक्षात्कार कार्यक्रममा दाहांलले यो कम्युनिष्ट सरकार अब समाजबादि चरित्रबाट नाङ्गीएको बताउदै जागिर खानकालागी त लोकसेवा आयोग छदै छ,नि किन जनताको भोट मागेर मासिक तलब खाएर जनप्रतिनिधि भन्दै हैकम देखाएर हिडेको,मासिक तलब खाएर दैनिक हाजिर लगाउनु पर्दैन,समाज परिवर्तन हैन आफ्नो मात्र परिवर्तनमा जनप्रतिनिधि लागेको आरोप लगाउदै अब जनताले त्यस्ता नैतिकता सकिएका जननायकहरु लाई पिँजडामा हाल्ने तयारीमा लागेको बताउनु भयो ।

 

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     4:07:08 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *