बिकेन्द्रीत समाजलाई एकतामाल्याउन जनयुद्धको अहंम भुमिका छ -नगर प्रमुख बराल

राष्कोट नगरपालिकामा २४ औं जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ । राष्कोट नगरपालिका नगर प्रमुख काशिचन्द्र बरालको अध्यक्षता र उप प्रमुख वडा अध्यक्ष,नेता कार्यकर्ताहरुको उपस्तीथिमा आज एक कार्यक्रममको आयोजना गरि दिबस मनाइएको कार्यपालिका सदस्य मन तिरुवाले बताउनु भएको छ ।
जनयुद्ध दिबसको अबसरमा नगर प्रमुख बरालले जनयुद्धको जगमाभएको जनआन्दोलनले स्थापित गरेका सम्पुर्ण युगान्तकारी उपल्बद्धीहरु कार्यनवयन गर्नु र महान सहिद हरुको सपना साकार पार्नु आजको आबश्यतmा रहेको बताउदै नेपाली जनताको मुतmीको यात्र नरोकिएको र नेपाली समाजलाई रुपानतरण गर्ने छरपष्ट बिकेन्र्दीत रहेको समाजलाई एकतामाल्याउन र राष्टीय स्वाधिनताको रक्षा गर्ने जनयुद्धको अहंम भुमिकारहेको बताउनु भयो ।
यस्तै शान्नीत्रिबेणि गाउँपालिकामा पनि एक कार्यक्रमको आयोजना गरि २४ औं जनयुद्ध दिवस मनाइएको गाउँपालिका उपाध्यक्ष होइजा बुढाले बताउनु भयो ।

२३ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली, र गोरखाका प्रहरी चौकीमाथी आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादी जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करीब १६ हजार नेपालीको ज्यान गएको थियो ।
माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन मओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशस्त्र युद्ध शुरु थालनि गरेको थियो ।

२०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै नेपाल कम्न्युनिष्ट पार्टीले आज यो दिवस मनाएका छन । २०५२ मा सुरु भएको जनयुद्ध १० वर्ष चलेको थियो । २०६३ मंसिर ६ गते विस्तृत शान्तिसम्झौतापछि तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     4:45:57 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *