स्वाभिमान यात्रा सहित कमल थापा २३ गते सुर्खेत आउदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा यही फागुन २३ गते सुर्खेत आइपुग्ने जनाइएको छ । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिने मुख्य उद्देश्य राखिएको मेची महकाली यात्रा २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्ने राप्रपा सुर्खेतले एक पत्रकार सम्मेलनको आयोजना गरि राप्रपा सुर्खेतले जानकारी दिएको हो । यही फागुन २३ गते ३ बजे सुर्खेतको पिपलचौतारीमा आमसभाको तयारी भइरहेको छ ।

यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन पत्रकार सम्मेलनमा राप्रपा सुर्खेतका अध्यक्ष मान बहादुर खड्काले बताउनु भयो । यात्राका क्रममा सम्बन्धित जिल्लाका सङ्गठनले आवश्यक समन्वयन र सहयोगमा दुई हजार ८ किलोमिटरको यात्रामा गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २ सय स्थानमा सभा गरिने बताइएको छ ।

सुर्खेतको पिपल चौतारीमा आयोजना हुने आम सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ भने सुर्खेत आउने क्रममा सुर्खेतको छिन्चुमा समेत कोण सभाको आयोजना गरिएको छ । सनातन हिन्दु राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई बताउँदै उक्त यात्रा संचालन भइरहेको पार्टीका कर्णाली प्रदेश अध्यक्ष धन बहादुर बुढाले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ ।’ यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइनेछ ।

सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनु पर्ने लगायतका मागहरु रहेका छन् । सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश समिति अध्यक्ष बुढाको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाले भन्नुभयो, ‘हाल आरक्षणको सुविधाबाट वञ्चित तर आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याइनुपर्नेलगायत सामाजिक विषयवस्तुमा देशव्यापी रुपमा सशक्त कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।’

यसैगरी पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउन गर्न माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न सरकारलाई सुझाएको छ ।

कम्तीमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वयन गरी रोजगारीको अवसर नपाएकालाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नलगायत २२ बुँदे माग गर्दै यही फागुन ७ गतेदेखि देशभर राजनीतिक गतिविधिसमेत सञ्चालन उक्त पार्टीले सञ्चालन गर्दै आएको छ ।

पार्टीले उठाएका मागमध्ये महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गरिनुपर्ने, सबै प्रकारका जातीय विभेद र छुवाछूत अन्त्य गरिनुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक कर अन्त्य गरी तीन तहका सरकारबाट लगाइएका दोहोरो कर हटाउनुपर्नेजस्ता विषयमा पत्रकार सम्मेलनमा जोड दिइएको थियो । पत्रकार सम्मेलनमा प्रदेश समितिका सचिव जनक सिंह ठकुरी, जिल्ला कार्य समितिका उपाध्यक्ष इश्वर श्रेष्ठ, केन्द्रिय सदस्यहरु, कर्णाली प्रदेश सभा सदस्य शोसिला शाही, प्रचार बिभाग सदस्य प्रेम बि सी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २१, २०७५     7:13:06 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *