मकवानपुरमा ट्रकमा आगजनी, विप्लव समूहले गरेको हुन सक्ने अनुमान

मकवानपुर । अज्ञात समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

सांकेतीक तस्वीर

प्रहरीको अनुसार पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको हो । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।

ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए ।

विप्लव नेतृत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।news24nepal.tv

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:31:45 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *