वर्षा लाग्नुअघि नै सडक स्तरउन्नतिको नभए ठेकदारका सबै मेसिन जलाउने छन सिजाली बासि-अध्यक्ष रावल

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक बन्दै गएको सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावले बताउनु भयो । वर्षामा हिलो र गर्र्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुरुलाई निकै सास्ती हुने गरेको छ अध्यक्ष रावले बताउनु भयो । सडकमा गाडी गुड्दैनन्। यात्रुहरुले उत्रेर धकेल्नुपर्ने अवस्था छ ।

ठेकेदारको चरम लापरबाहीका कारण सिंजा क्षेत्रमा पर्ने रारा जाने बाटो उच्च जोखिममा रहेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताउनु भयो । उहाले भन्नु भयो , ‘बाटोको अवस्था दयनीय छ । ठेकेदारले स्तरउन्नति गर्ने नाममा लार्पबाहि गरिरहेको बताउनु भयो ।

वर्षा लाग्नुअघि नै स्तरउन्नतिको काम नसकिए यो सडक बन्द गर्ने र ठेकदारका ढोजर स्काभेटर सबै नाग्मबाट माथि जान नदिने गय पनि जलाइदिने सम्म सिजाली जनता पुगेको अध्यक्ष रावले बताउनुभयो चाँडोभन्दा चाँडो सडकको स्तरोन्नति नगरे आफूहरु चुप लागेर नबस्ने स्थानीयले चेतावनीसमेत दिएका छन ।

नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल रारा जोड्ने सडकको अवस्था नाजुक हुँदासमेत कसैको ध्यान पुग्न नसेकेको भन्दै स्थानीय चिन्तित बन्न थालेका छन ।

ग्राभेलका लागि नाग्म–बड्कीसम्म १३ किमि सडक हिम्दुङ थोक हीरा नमिता जेभीले सात करोड ९० लाख ९५ हजारमा र १३ ।१ किमिदेखि १७।५ किमि सडक थोदुङ निर्माण प्रालिले दुई करोड ३० लाख ३४ हजारमा ठेक्का पाएका छन्।

९१ किलोमिटर दूरीको नाग्म–गमगढी सडकको करिब १८ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ थोक हीरा नमिता जेभीले ३५ महिनाभित्र काम सक्ने भनेर विसं ०७२ माघ १० गते र थोदुङले २२ महिनामा सक्ने भनी ०७३ जेठ २७ गते सम्झौता गरेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५     3:58:34 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *