प्राविधिक प्रक्राउको विरोधमा कालिकोटका सामुदायिक रेडियो बन्द,गिरप्तार गर्नु प्रेस स्वतन्त्रतामा माथिको नाग्गो हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघ शाखा कालिकोट द्धवारा प्रेस बिज्ञप्ती

कालिकोट । कालिकोट जिल्लामा सञ्चालित रेडियो नयाँ कर्णालीका प्राबिधिक कर्ण बिकलाई बिहीवार बिहान कार्यकक्षवाट प्रहरीले गिरप्तार गरेको छ । प्राविधिक बिकलाई पक्राउको विरोधमा जिल्लामा सञ्चालीत पाँच वटा रेडियोहरुले आफ्नो प्रशारण सेवा अनिश्चित कालका लागि वन्द गरेका हुन ।

पक्राउ परेका कर्णलाई प्रशासनले छोड्न नमानेपछि जिल्लका पत्रकारहरुले आफु असुरक्षित भएको भन्दै प्रशासनलाई रेडियोको तालाचावी वुझाएका छन ।

प्रहरी प्रमुख बिनोद शर्माको आदेश भन्दै बिहान नौ वजेको समाचारपछि प्राबिधिक बिकलाई प्रहरी निरिक्षक हरि वस्नेतको नेतृत्वमा आएको टोलीले प्रक्राउ गरेको थियो । प्रक्राउ परेका बिकलाई विप्लव नेतृत्वको नेकपाको गतिबिधिमा संलन्न रहेको आरोप लगाईएको छ ।

कार्यकक्षवाट प्रहरीले प्राविधिकलाइ गिरप्तार गर्नु प्रेस स्वतन्त्रतामा माथिको नाग्गो हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघ शाखा कालिकोटले प्रस बिज्ञप्ती सम्मेत निकालेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५     7:18:19 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *