गाउँमा भेरी नगरपालिकाले गर्यो भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर

जाजरकोट । गाउँघरमै नागरिकहरुको स्वास्थ्य उपचार गर्न भेरी नगरपालिकाले शिविर संचालन गरेको छ । सहजरुपमा स्वास्थ्य उपचार गर्न नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर संचालन गरेको हो ।

भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् ।

डाक्टर सहितको स्वास्थ्य कर्मिहरुको टोलीले शुक्रवार देखी वडा नम्बर ११ जगतिपुरमा शिविर संचालन गरिरहेको छ । शिविरमा नागरिकहरुलाइ भिडियो एक्सरे सहितको सेवा प्रदान गरिएको छ । पहिलो दिन तिन सय बढिले स्वास्थ्य उपचार गराएको नगर स्वास्थ्य प्रमुख विरेन्द्र शर्माले जानकारी दिए ।

शिविर संचालन भएपछि विशेषगरि बालबालिका तथा वृद्धवृद्धा निकै लाभाम्बित भएको उनले बताए । रुघाखोकी, जोरो, ग्याँष्टिक, लगायतका समान्य खालका रोगहरुका विरामीहरु वढिमात्रामा उपचार गराएका छन् । त्यस्ता जटिल प्रकृतिका रोगहरु नदेखिएको डा. भुपेन्द्र मल्लले बताए ।

स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासीहरुलाई स्वास्थ्य सेवाको पहँुचमा ल्याउन यस्तो घुम्ति शिविरको आयोजना गरिएकोे नगर प्रमखु घर्तीले बताए । नगरवासीको स्वास्थ्य प्रति आफु गम्भिर रहेको भन्दै बिशेषज्ञ चिकित्सक सहितको सेवा गाउँ–गाउँमा पुर्याइने नगर प्रमुख घर्तीले बताए ।

शिविरमा पत्ता लागेका जटिल खालका दिर्घरोगहरु र पाठेघरको समस्या बाट पिडित महिलाहरुको पहिचान गरि थप उपचारको लागि नगरपालिकाले पहल गर्ने प्रमुम प्रशासकिय अधिकृत डिल्लिराज वेल्वासेले बताउनु भयो । कोही पनि स्वास्थ्य सेवाको पहुँच वाहिर नरहने उनले बताए ।

शिविरमा दुई जना डा.भुपेन्द्र मल्ल र डा.अमिन शाह लगायतका १३ जना अन्य स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिइरहेको छ । शिविर शनिवार सम्पन्न हुने छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५     8:00:33 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *