पत्रकार विश्वकर्मालाई रिहाई को माग गर्दे विवेकशिल साझा पार्टी कर्णाली प्रदेश द्धवारा प्रेस बिज्ञप्ती ।

रास्कोट नगरपालिका–८ निवासी रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मालाई विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले बिहीबार रेडियोको कार्यकक्षवाटै गिरफ्तार गरेको छ ।

विप्लव नेकपाका समाचार प्रसारण गरेको आरोपमा पत्रकार विश्वकर्मालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । विवेकशिल साझा पार्टी कर्णाली प्रदेशले कानूनी प्रकृया पुरा नगरी त्यसरी पत्रकारलाई स्टुडियोबाटै पक्राउ गर्नुले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतको खिल्ली उडाउनु हो। विवेकशिल साझा पार्टी पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दै पक्राउ परेका पत्रकारको तत्काल रिहाई को माग गर्दे प्रेस बिज्ञप्ती निकालेकाछ ।

प्रेस  विज्ञप्ति: रेडियो नयाँ कर्णालीका पत्रकार पक्राउबारे ।

कालीकोट जिल्लाको सदरमुकाम मान्मबाट २०६५ सालदेखि नियमित प्रसारण भइरहेको सामुदायिक रेडियो नयाँ कर्णालीमा कार्यरत प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति विवेकशिल साझा पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ।रेडियो नयाँ कर्णालीको स्टुडियोमै प्रवेश गरी प्रहरीले विना पुर्जी पत्रकार विश्वकर्मालाई पक्राउ गर्नु अभिब्यक्ति स्वतन्त्रातामाथिको नाङ्गो प्रहार तथा नागरिकले सूचना पाउने अधिकार कुण्ठित गर्नु हो।  कानूनी प्रकृया पुरा नगरी त्यसरी पत्रकारलाई स्टुडियोबाटै पक्राउ गर्नुले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतको खिल्ली उडाउनु हो। विवेकशिल साझा पार्टी पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दै पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

गेहेन्द्रप्रसाद दाहाल
संयोजक
विवेकशिल साझा पार्टी कर्णाली प्रदेश
मिति: ०८ चैत २०७५

प्रकाशित मितिः आइतवार, चैत्र १०, २०७५     9:21:40 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *