जनताको चाहाना अनुसार काम गर्छु-अध्यक्ष कुँवर

‘जनताले चाहे भने के हुदैन र सबै राजनितिकर्मीहरुले जनतालाइ केन्द्रमा राखेर काम गर्नेहो भने अवश्य एक दिन सफल भइन्छ’ भन्दै जनताको भरोसा र पार्टिको विश्वासका कारण आफु अध्यक्ष भएको नेकपा जुम्लाका पार्टी अध्यक्ष विर बहादुर कुँवरले  बताउनु भएको छ ।

अनेरास्ववियू /अनेरास्ववियू क्रान्तिकारी जुम्लाले आयोजना गरेको नेकपाका नव अध्यक्ष तथा सचिवलाई बधाइ तथा स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा अध्यक्ष कुँवरले अब छिट्टै गाउँगाउँ गएर संगठन बिस्तार गर्ने र पार्टीले दिएको जिम्मेवारी इमान्दारीताका साथ पालना गर्ने र गरीव दिन दुःखीहरुको पार्टीको रुपमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ) लाई स्थापित गर्नको लागी सवैले आ आफ्नो स्थानबाट सहयोग गर्नु पर्नेकुरामा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव अमरराज शाही (अमरजङ्ग )ले लामो ईतिहाँस बोकेको हाम्रो पार्टी अव नेता मुखी, व्यक्तीमुखी र कुर्ची मुखी नभएर जनतामुखी हुनु पर्ने तथा जुम्ला जिल्ला लगाएत पुरै कर्णाली प्रदेशलाई नेकपामय बनाउनुका लागी विद्यार्थी, कर्मचारी, बुद्धिजिवीहरुले आआफ्नो तह र तप्काबाट लागी पर्नुपर्ने कुरालाइ जोड दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य धिरज जैशीले कार्यकालको शुभकामना दिदै विद्यार्थी आन्दोलनले सडकमा मुख्य भुमिका खेलेको र विद्यार्थीका हक र अधिकारका लागी संगठन सदैव लागी परेको बताउनु भयो ।

प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     6:48:41 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *