राष्कोट नगरपालिकामा राष्कोट सामुदायिक अस्पताल द्धवारा भिडियो एक्सेरे सेवा सुरु ।

आइतबारबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको राष्कोट सामुदायिक अस्पतालले  Vedio xray गरि Vedio x-ray र ECG  सेवा संञचालनमा ल्याएको छ । राष्कोट नगरपालिकाका नगरप्रमुख काशिचन्द्र बरालको Vedio xray  गरेर सेवा सुरुवात गरेको राष्कोट नगरपालिकाका स्वास्थ्य संयोजक हंश राज बराले बताउनु भएको छ । राष्कोट सामुदायिक अस्पतालले स्वास्थय सेवा संञ्चालन गरे पछि राष्कोट नगरपालिका मात्र नभै कालिकोट आसपासका बिरामिहरुले सम्मेत सुर्खेत,नेपालगन्ज,काठमाडौ जानु प्रर्ने बाध्यताको अन्त्य भए पछि स्थानियबासिको अनुहारमा खुसि छाहेको छ ।

राष्कोट सामुदायिक अस्पताल निर्माण समितिका अध्यक्ष तुलाराज सिंखडाका अनुसार अस्पताल निर्माणको लागि गैउतुकोट जग्गाको भौगोली अध्ययन लगायतका प्राविधिक काम सुरु भएको र आर्थिक संकलन अभियानलाई तीब्र पारिएको बताउनु भएको छ । अस्पतालका निर्देशक डा मुकुल ढकालका अनुसार अबको २ बर्ष भित्रमा अस्पताल निर्माण सक्ने लक्ष्य लिएको बताउनु भयो । अस्पताल निर्माणसँगै व्यवस्थापनका लागि राज्यका तीनै निकायले सहयोग गर्नुहुन्छ भन्ने अस्पतालका र्बोड सदस्य कवेन मलेगुको आशा रहेको बताउनु भयो ।

प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६     3:42:03 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *