अनेरास्ववियू द्दारा विश्वविद्यालयका टिसर्ट कब्जा गरि बाढिपिडित बालबालिका लाई बितरण

३ असार, सुर्खेत
अनेरास्ववियू कर्णाली प्रदेशले मध्यपश्चिमान्चल बिश्वबिद्धालयको ९ अौं बार्षिक उत्सवको निहुपारि निजी कलेज को बिज्ञापन गर्न बितरण गरिएका टिसर्ट हरु कब्जा गरेको छ ।


कब्जा गरिएका टिसर्टहरु २०७१ साल साउन महिनामा अाएको बिशाल बाढी पहिरो बाट प्रभावित बराहताल गाउँपालिका वडा न.२ गिरिघाट सुर्खेत अबस्थित बाढी पिडीतहरु लाई बितरण गरेको जानकारी अनेरास्ववियू का केन्द्रिय नेता अम्मरराज शाहीले दिनुभएको छ ।

हिजोमात्रै विश्वविद्यालयकाे बार्षिकाेत्सव जस्तो गरिमामय कार्यक्रममा सम्बन्धन प्राप्त निजि कलेजकाे लाेगाे सहितकाे टिसर्ट लाई बार्षिकाेत्सव जस्तो अौपचारिक समारोहमा अौपचारिक पाेशाककाे रुपमा प्रयाेग गर्ने विश्वविद्यालय लाइ निजि कलेजको बिज्ञापन एजेन्सी को भुमिकामा लैजाने कुरा नाजायज र विश्वविद्यालय पदाधिकारीकाे गैरजिम्मेवार प्रबृती विरुद्ध विद्यार्थी नेता अम्मरराज शाहिको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले धरपकड र हस्तक्षेप गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, असार ५, २०७६     7:32:28 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *