रास्कोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रोजगार सेवा केन्द्र अन्तर्गत आज एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरिएको छ । श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालन गरिएको रोजगार संयोजक प्रशान्त राज शाहीले बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रम नगर प्रमुख काशिचन्द्र बरालको प्रमुख आथित्यता, उप–प्रमुख मिमसरा बमंको बिशेष आथित्यता र सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, श्रमिक समुहका समुह नेताहरुको सहभागिता रहेको थियो ।

राष्कोट नगरपालिकामा ब्यरोजगार संख्या ३ हजार ७ पैतालिस रहेकोमा यो आर्थिक बर्ष २०७५।०७६ मा २ सय साठी जनालाई बिभिन्न क्षेत्रमा गरि १३ वटा आयोजना छनौट गरि रोजगारी दिएको रोजगार संयोजक शाहीले बताउनु भयो ।कार्यक्रममा बोल्दै राष्कोट नगरपालिका नगर–प्रमुख बरालले प्रधानमन्त्री रोजगार कार्यक्रममले अब बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गरि बिदेशीने चलनलाई अन्त्य गर्ने लक्ष्य रहेको बताउनु भयो ।

प्रकाशित मितिः बुधबार, असार ११, २०७६     2:28:24 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *