शिशिरको रुनु पर्दैन बजारमा

 

साउन १, सुर्खेत । पछिल्लो समयमा देउडा गीत मार्फत चर्चा कमाएका गायक धर्मराज न्यौपाने (शिशिर) को बियोगान्त र मर्मस्पर्सी गीत सार्वजनिक भएको छ । न्यौपानेका शब्द, लय र न्यौपाने तथा शान्ति श्री परियारको आवाजमा रहेको भन्देउ चरी रुनु पर्दैन बोलको लोक दोहोरी गीतको म्यूजिक भिडियो बजारमा आएको हो । गायक न्यौपानेको यसअघि कालीकोटको कालो, मालीका कि माता बोलका देउडा गीत निकै चर्चित बनेको थिए भने न्यौपानेले आधुनिक, जनवादी तथा देउडा गीत गाउँदै आएका छन् । प्रेम र बिछोडको बियोगान्त कथालाई समेटेर तयार पारिएको गीतमा आशा खड्का , जनराज बम र स्वर्णिम शाहीले अभिनय गरेका छन् ।

प्रकाशित मितिः बुधबार, साउन १, २०७६     8:16:10 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *