आमूल परिबर्तनको सपना साकार पार्ने अभियानमा क्रियाशिल शाही

         डम्बरबहादुर शाही सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्ष पदमा रहेर काम गरिरहनु भएकोछ । २०४० भदौ १६ गते वुवा परिमल शाही, आमा सुनकेशा शाहीको कोखबाट साविकको मेहेलमुडी गाविस वडा नं. २, हाल सान्नीत्रिवेणी गाउँपालीका ४ मा उहाँको जन्म भएको हो । २०५५ सालमा मिट्ठुदेवी शाही सँग बैवाहिक सम्बन्धमा गाँसीनु भएका शाहीका १ छोरा र एक छोरी छन् । २०४५ सालमा औपचारीक शिक्षा अध्ययनका लागि श्री पञ्चदेवल उमावि मेहलमुडीमा भर्ना भएका अध्यक्ष शाहीले एसएलसी सम्मको शिक्षा हाँसील गर्नुभएको छ ।

      दश वर्षे जनयुद्धमा समाजको आमुल परिवतनका लागि समर्पित, जनचेतना बुहुमुखी क्याम्पस स्थापनका लागि पहल कदमि, प्राविधिक शिक्षा सञ्चालनका लागि सम्बन्धित निकायमा विशेष पहल गरी कक्षा सञ्चालन गर्न सफल, सान्नि त्रिवेणी गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्नका लागि धार्मीक र पर्यटकीय स्थलहरु निर्माणमा विशेष भूमिका निर्बाह, सिंचाई कुलो निर्माण, खानेपानी, बाटो घाटो निर्माणका लागि जनश्रमदान गर्दै समाज सेवामा अध्यक्ष शाहीले भूमिका निर्बाह गर्नुभएको छ । पद हुँदा मात्रै केहि गर्न सकिन्छ, पद नहुँदा त के पो नै गर्न सकिन्छ भन्नेहरुको भीडमा पवित्र मनले राम्रो काम गर्न चाहने हो भने जहिले पनि र जहाँ पनि सम्भव हुने अध्यक्ष शाहीको अनुभव र बुझाई छ ।

         आर्थीक क्रान्ति र सामाज रुपान्तरणको लागि सामाजिक क्रान्तिमा समर्पित भई काम गर्ने, खप्तड, रारा, रामारोसन, वडीमालीका, त्रिवेणी, मानसरोवरलाई धार्मिक पर्यटनको रुपमा जोडेर विकास गर्दै त्यसको पुर्वाधार विकास गर्न पहल गर्ने, त्रिवेणीमा रहेका जडीबुटी, चराचुरुङ्गीहरुलाई संरक्षण गरी पर्यटकहरुको लागि गन्तव्य स्थान बनाउन पहल गर्ने, विशेषगरी कर्णालीमा बग्ने पानीबाट विद्युत उत्पादनमा सहयोग गरी कालीकोट र आसपासका जिल्लाका नागरिकहरुलाई विद्युतको उज्यालोमा राख्न पहल गर्ने, समाजबाट जाँड रक्सि निर्मूृल गर्ने, महिला हिंसा, छुवाछुत, छाउपडी लगायतका कुसंस्कारलाई अन्त्य गर्न विशेष कार्यक्रम ल्याउने र कार्यान्वयन गर्ने तथा गराउने अध्यक्ष शाहीको लक्ष्य रहेको छ ।

केही कामहरु सम्पन्न भएका छन् भने केहि प्रक्रिमा छन् र केही आगामी कार्यकालमा पनि सम्पन्न गर्ने अध्यक्ष शाहीको कार्यतालिका रहेको छ । गाउँपालिकाका सबै विद्यालयहरुमा शिक्षकहरुलाई नियमित गराउन विद्युतीय हाजिरीको ब्यबस्था र प्रयोग, सामुायिक रेडियो सान्नि त्रिवेणी एफएफको स्थापना, गाउँपालिकाको माटो परीक्षण, विज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन, विकास निर्माणका योजनाहरु टेन्डर मार्फत सुरु, तुसारखोला देखि मुम्रासम्म सडक बाटो निर्माण, र्यागिलदेखि सेरीज्यूला, सान्नीघाट देखि तिकुँुवा सम्म सडक बाटोको निर्माण, पूर्ण साक्षर गाउँपालिका घोषणा, छाउपडी प्रथामुक्त गाउँपालिका, कुपोषण मुक्त गाउँपालिका घोषणा लगायतका उदाहरणिय कार्यहरु कार्यान्वय भइसकेका छन् ।

सबै वडाहरुमा सडक बाटो विस्तार गर्ने, शिक्षामा आमुल परीवर्तन ल्याई गुणस्तरीय बनाउने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, आयातमुखी नभई निर्यातमुखी कृषि उत्पादनमा जोड दिई नागरिकको आयस्तर बृद्धिमा जोड दिने लगायतका अध्यक्ष शाहीले आगामी योजना तय गरि सोही अनुरुपमा कार्यान्वय गर्ने दौडमा होमीनुभएको छ । अध्यक्ष पदको कार्यकाल सम्म तय गरिएको योजनाहरु सम्पन्न गरि नमूना गाउँ पालिका निर्माण गर्ने अभियानमा अहोरात्र खटिरहेको अध्यक्ष शाहीको भनाई छ ।

            राजनीतिक नेतृत्वबाट बाहीरिए पनि समाज रुपान्तरणका लागि सँधै जुटीरहने दृघकालिन सोच राखेका अध्यक्ष शाही खेल खेल्नमा रुचि राख्नु हुन्छ भने चिया बढि पीउने लत बसेको छ । पालिका अध्यक्ष शाहीको सान्नीत्रिबेणि गाउँपालिकाका नागरिकहरुको जीवनस्तरमा परिबर्तन ल्याउने मूख्य लक्ष रहेको छ । बर्दिया जिल्लाको गणेशपुरमा नेपाली सेना र जनमुक्ति सेना बिचको भिडन्तमा परी थुप्रै जनमुक्ति सेना सहीद भएको र आफ्नो ज्यान जोगाउन सफल भएको क्षण अध्यक्ष शाहीको जीवनको अबिष्मरणि क्षण बनेको छ । जुन क्षणले समाजको हितमा केही गरिरहने उत्प्रेरणा जगाइराख्छ ।

राजनीतिक यात्रा  :
२०५५ सालमा क्रान्तिकारी विद्यार्थी संगठनको सदस्य,
२०५५ साल देखी ०५६ सम्म सुरक्षा दलको सह कमाण्डर,
२०५६ साल बैशाखमा पार्टीको एरिया कमिटि सदस्य भई कालीकोटको तत्कालीन मुम्रा गाविसको इन्चार्ज,
२०५६ असारबाट तत्कालिन नेकपा माओवादीमा भुमिगत (डब्लु टी),
२०५६ कार्तिकबाट कर्णाली जनहातेमालो अभियानमा जुम्ला जिल्लामा कार्यरत,
२०५६ माघमा कर्णाली जनहातेमालो अभियानका क्रममा अछाममा कार्यरत,
२०५७ सालमा पार्टीको एरिया कमिटि सेक्रेटरी,
२०५८ देखी ०५९ सालसम्म जिल्ला कमिटि सदस्य अछाम,
२०५९ सालमा जनमुक्ति सेनाको कम्पनि कमिसार, बटालियन कमिसार,
२०६३ सालमा शान्ति प्रक्रिया पछि योङ्ग कम्यूनिष्ट लिग (वाईसिएल) को महाकाली अञ्चल सचिव,
२०६४ सालमा वाईसियलको बाँके जिल्ला ईन्चार्ज,
२०६५ सालमा वाईसियलको केन्द्रीय सदस्य काठमाडौ जिल्लाको जिम्बेवारी,
२०७० सालबाट वाईसियलको केन्द्रीय सदस्य, काठमाडौ जिल्लाको अनुशासन र लेखा आयोयमा निरन्तर ३ वर्षसम्म भूमिका निर्बाह,
२०७४ सालमा स्थानिय तहको निर्वाचनका लागि कालीकोटमा क्रियाशिल,
२०७४ वैशाख २९ गते सम्पन्न स्थानिय तहको निर्बाचनमा सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा पदमा निर्वाचित ।

(सफलताको बाटो)

प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६     10:15:46 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *