बेपत्ता राउटेयुवा खोजिदिन हारगुहार

सुर्खेत, जिल्लाको गुर्भाकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बस्दैआएका बेपत्ता राउटे युवा जयबहादुर शाहीका आफन्तले उनलाई खोजिदिन हारगुहार गरेका छन् । गत बैशाख २५ गतेदेखी बेपत्ता राउटे युवा जयबहादुर शाही अहिलेसम्म सम्पर्कमा नआएपछि उनलाई खोजिदिन आफन्तले हारगुहार गरेका हुन् । जयबहादुरकी आमा शितला शाहीले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै आफ्नो छोरा खोजिदिन सबैसँग हारगुहार गरिन् । बेपत्ता राउटे युवाका भाई प्रकाश शाहीले भने ‘दाई जयबहादुर हराएको तीन महिनासम्म नफर्किएपछि सिंगो बस्तीनै चिन्तामा छ, मरे, ज्युँदो पत्तो छैन, त्यसैले कि सास, कि लास भेटाउन दाईलाई खोजी गरिदिनुप¥यो ।’

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका अल्पसंख्यक बेपत्ता राउटे युवा कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भ्रमणशिल जीवनयापनगर्दै आएका थिए । उनी हराएपछि गाँउले राउटे युवाहरु समेत खोजीकार्यमा जुटेका छन् । बेपत्ता युवाका बुवा कान्छाराम शाहीका अनुसार जयबहादुर बेतेनी खोला किनारको बस्तीबाट गाउँ जानेभन्दै निस्किएका थिए ।  उनी हराएलगत्तै गुराँस गाउँपालिका र प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले समेत हालसम्म बेपत्ता युवालाई फेला पार्न नसकेको राउटे परियोजना मार्फत समुदायमा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । उनका अनुसार बेतेनी खोला किनारमा राउटे समुदायका ४६ घर छन् । उनिहरुको कुल जनसंख्या एक सय ४६ छ । राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–५ स्थित ठाँटीमा समेत बसोबासगर्दै आएका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     3:45:09 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *