ज्ञानेन्द्र शाही पुल्चोकबाट पक्राउ, पत्रकार सम्मेलनमैै शाही माथि हमला !

काठमाडौं । प्रहरीले ज्ञानेन्द्रबहादुर शाहीलाई उनकै कार्यालबाट पक्राउ गरेको छ । केही बेरअघि ललितपुरको पुल्चोकस्थित कार्यालयबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीले हिजो साँझ नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु प्रवेश गरेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई धनगढीको कार्यक्रमबाट फर्कने क्रममा जहाज ढिलो हुँदा उनीमाथि दुव्र्यहार भएको स्वयं मन्त्री आफैंले बताएका छन ।
विमानमा सँगै रहेकायात्रु ज्ञानेन्द्र शाही लगायतले अपशब्द बोल्दै दुर्व्यवहारको गरेको मन्त्री भट्टराईले बताएका छन ।
तर मन्त्रीले घट्नाकाबारे ढाँटेको रत्यसको भिडियो आफूहरुसँग सुरक्षित रहेको भन्दै शाहीले पत्रकार सम्मेलनमा चुनौति दिएका छन ।

प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     2:20:57 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *