पर्यटनमन्त्री भट्टराईले आफै फोन गरेर छुटाए ज्ञानेन्द्र शाहीलाई

काठमाडौँ ।सामाजिक अभियन्ता दाबी गर्दै आएका ज्ञानेन्द्र शाही मन्त्रीले फोन गएपछि रिहा भएका छन् । आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै कारणले तनाव ग्रस्त स्थिति बनेपछि पक्राउ परेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फोन गरेर छुटाएको बताइएको छ ।

शनिबार नेपालगञ्जबाट काठमाडौँ आउँदै गर्दै बुद्धएयरको जहाजमा भएको घटनालाई लिएर शाहीले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा झडप हुन थालेपछी प्रहरीले उनलाई पक्रेर लगेको थियो । मन्त्री भट्टराईले सुरक्षा निकायलाई फोन गरेर उनलाई रिहा गर्न भनेपछि उनी प्रहरीको नियन्त्रणबाट छुटेको बताइएको छ ।

आज मेकिङ्ग नेपाल इन्भेस्टमेन्ट प्रालि र जापानी कम्पनी जि होल्डिङ्सद्वारा आयोजित ‘नयाँ प्रविधिकाका साथ नेपालमा लगानीको अवसर’ विषयक अन्तरक्रियामा सहभागी भइरहेका बेला मन्त्री भट्टराईले शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएका थिए । जानकारी पाएलगत्तै मन्त्री भट्टराईले नेपाल प्रहरीका उच्च अधिकारीलाई फोन गर्दै शाहीलाई तत्काल छोड्न आग्रह गरोको बताइएको छ ।pathivarapost.com साभार गरिएको हो ।

प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     4:52:16 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *