एन्टिबायोटिक दुरुपयोग गर्नु स्वास्थ्यका लागी हानिकारक छ -फार्मासिस्ट शेखर बराल

एन्टिबायोटिक अर्थात जीवाण विरुद्ध्र काम गर्ने औषधी सजिलो अर्थमा भन्दा एन्टिबायोटिक भन्नाले ब्याक्टेरिया संक्रमण निर्मुल पार्न प्रयोग गरिने औषधी भन्ने बुझीन्छ । जुन औषधीले ब्याक्टेरिया विरुद्र काम गर्छ । त्यसलाई एन्टिबायोटिक औषधी भन्निछ । एन्टिबायोटिक पनि फरक फरक वर्गमा यसको कार्यको आधारमा, वनावटको आधारमा, एक्सनको आधारमा विभिन्न भागमा वर्गिकरण गरिएका हुन्छन । एन्टिबायोटिकको नकारात्मक प्रभाब सामान्य देखि लिएर जटिल खालका असर हरु हुन सक्छन ।
एन्टिबायोटिकको दुरुपयोग कसरी हुन्छ ?

एन्टिबायोटिको वर्ग अनुसार ब्याक्टेरियाको बर्गलाई मार्ने हुन्छन् सबै खालका एन्टिबायोटिकले सबैखाले जीवाण लाई मार्दैनन् । सबै संक्रमणको लागि सबैखाले एन्टिबायोटिकले काम गर्दैन र यसको जथाभावि प्रयोग गरेमा यसको सकारात्मक प्रभाब भन्दापनि नकारात्मक प्रभाव बढि हुन सक्छ यो कुरा जनमानसमा थाहा नभएकाले जा“चबुझ नगराई राम्रो संग रोगको निदान नगरी सामान्य , ज्वरो रुघाखोकीमा पनि एन्टिबायोटिको प्रयोग गर्ने प्रवृती व्यापक हुदै गईरहेको छ । यस्तो प्रवृतीले भोलिका दिनमा समग्र चिकित्सा क्षेत्रमा ठलो समस्या नलाउला भन्न सकिदैन । बेलैमा औषधी क्षेत्रसंग सरोकार राख्ने सबैले समयमै ध्यान पुराउन जरुरी छ । हुन सक्छ शिक्षाको अभाव, गरीबी, नया“ नया“ प्रवीधिको प्रयोग गर्ने क्षमता नहुन सक्छ यस्ता अनेकांै कारण हुन सक्छन तर मुनाफाको लागी सामान्य चेकजा“च नगरी बिरामी लाई आवश्यक नभएको बेला पनि एन्टिबायोटिक सिफारिस गरेको पाईन्छ । यो नितान्त गलत कुरा हो । आजकाल त अभिभाबक विशेष गरी आमाहरु मेरो बच्चालाई त कडा खालको एन्टिबायोटिक प्रयोग नगरी निको नै हुदैन भन्छन । यो भन्नु औषधी सम्बन्धी ज्ञानको अभाब र कडा एन्टिबायोटिक बिना कुनै पनि रोग निको हुदैन भन्ने भम्र अभिभावकमा छ । त्यसैले अभिभावकले यो भन्नु सभाबिक हो । यसले गर्दा पनि एन्टिबायोटिकको दुरुपयोग बढेको छ भन्ने कुरा स्पस्ट हुन्छ । नेपालमा सामान्य भाइरल रुघाखोकिमा पनि एन्टिबायोटिकको प्रयोग अत्याधिक भएको पाईन्छ । भाइरसको संक्रमण बाट हुने मौसमी रुघाखोकी घरेलु उपचार बाट नै निको हुन्छ । यसमा एन्टिबायोटिको दिन गलत कुरा हो । यसले गर्दा बिरामीको उपचार भन्दापनि शरीरलाई हानि गर्ने सम्भावना धेरै हुनसक्छ । यसले गर्दा रोग निको नहुने त छंदै छ साथमा साईड इफेक्ट हुने र ब्याक्टेरीयाले वा जीवाणुले प्रतिरोध शक्ति विकास गर्ने सम्भावना बढि रहन्छ । पछि एन्टिबायोटिकले त्यो ब्याक्टेरिया विरुद्रकाम नगर्न सक्छ । सस्तो सम्बेदनशील कुरामा सबैको ध्यान जान जरुरी छ ।

एन्टिबायोटिकको दुरुपयोगले कस्ता समस्या हरु हुन्छन त ?

सर्बप्रथम यसको दुरुपयोगले ब्याक्टेरियाको रोग प्रतिरोध विकास हुदै जा“दा एन्टिबायोटिकले जीवाणु मार्न सक्दैन र एन्टिबायोटिक उपचार फेल खान्छ । दिन प्रतिदीन काम नगर्ने एन्टिबायोटिकको संख्या बढ्दो क्रममा छन् । एन्टिबायोटिक भन्दा ब्याक्टेरिया बलिया हुदै गएका छन । एउटा नया“ प्रभावकारी एन्टिबायोटिक पŒाा लाग्न नसक्नु औषधी तथा चिकित्सा क्षेत्रमा ठुलो चुनौती भएको छ । यो अबस्था आउनुको पछाडि व्यापक एन्टिबायोटिक बिरुद्र ब्याक्टेरीयाको प्रतिरोध क्षमतामा विकास भएकोले हो । रोग र ब्याक्टेरीया राम्रो संग पŒाा नलाग्दै एन्टिबायोटिकको प्रयोग गर्नाले चिकित्सक लाई रोग पŒाा लगाउन लाई समस्या तथा बिरामीको समयमै रोको निदान नहु“दा बिरामी लाई शारीरीक तथा आर्थीक नोक्सान हुन्छ । त्यसैले राम्रोसंग चेक जा“च गराएर रोग र जीवाणु पŒाा लगाएर मात्र एन्टिबायोटिकको सावधानिक पुर्वक सिफारिस गर्दा चिकित्सक र बिरामी दुबैलाई फाईदा हुन्छ यस्तो अभ्यास गर्न गराउन आजको आवश्कता छ ।
दुरुपयोग कसरी कम गर्ने ?
एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै बिरामीले अस्पतालमा लामो समय बस्न नपर्ने जसले गर्दा उपचारमा आर्थिक कम खर्च हुने औषधीको साइड इफेक्ट हुने सामान्य तथा गम्भीर खालका हानि नोक्सानी बाट बच्न सकिन्छ । एन्टिबायोटिकको दुरुपयोग कम गर्न बिभिन्ुन उपायहरु अपनाउन सकिन्छ ।

१) वास्तबिक रोगको निदान र कुन ब्याक्टेरियाको कारणले संक्रमण भएको हो भनि एन्टिबायोटिक ससेप्टिविलीटी टेस्ट गरी दुर्गम क्षेत्रमा पनि यो टेस्टको सुविधा प्रयोग गरी मात्र एन्टिबायोटिकको सिफारिस गर्ने व्यावस्था भएमा जभाभावि एन्टिबायोटिको प्रयोगमा केही हदसम्म कमि हुन सक्छ ।
२) चिकित्सा शिक्षालाई गुणस्तरिय , समय सापेक्ष परिर्माजित गरी जाने “जहा“ औषधी त्यहा“ फार्मासिस्ट” को अवधारणा लाई आत्मसाथ गर्दै एन्टिबायोटिकको सही तरिकाले प्रयोग गर्ने तालिम सम्पुर्ण चिकित्सक तथा अन्य स्वास्थ्य कर्मी हरुलाई तालिम दिनु अर्को प्राज्ञिक उपाय हो ।
३) नेपालको नियम अनुसार चिकित्सकको सिफारिसमा फार्मासिस्टले आवश्यक मात्रामा एन्टिबायोटिको भरपुर परामर्श सहित बिरामीलाई वितरण गर्न पर्ने नियम भएता पनि सबैले नियमको पालना नगर्दा एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण हुन सकिरहेको छैन । अत एन्टिबायोटिकको विक्रि वितरण यसको गुणस्तर , भण्डारण, छनोट बिधीबत रुपमा भएको छ की छैन भनेर हेर्ने कुराको अनुगमन गर्ने निकाय औषधी ब्यावस्था विभाग पनि सक्रिय हुन आवश्यक छ ।
४) सबै भन्दा महत्वपुणर््ा त जनतालाई स्वास्थ्य शिक्षा द्धारा एन्टिबायोटिक तथा औषधी जन्य पदार्थको समुचित प्रयोग कसरी गर्ने भन्ने कुरा र संकमण बाट कसरी बच्ने उपायहरु चेतना मुलक कार्यक्रम हरु मार्फत औषधी तथा औषधी जन्य पदार्थमा भएका भम्र लाई विकृती लाई मात्र हटाउन सकेमा औषधीको दुरुपयोग कम हुन ठुलो मदत पुग्ने थियो ।५) एउटा सचेत नागरिकले आफुले खाने औषधीको बारेमा फार्मासिस्ट संग पुरा परामर्श लिएर मात्र सेवन गर्ने बानि बसालेमा , एन्टिबायोटिकको मात्रा चिकित्सको सल्लाह बमोजिम पुरा मात्रामा नबिराई खाने गरेमा , एन्टिबायोटिक लाई कहिल्यै पनि सेयर गरेर खानु हुदैन भने कुराको यति मात्र कुरा सर्वसाधारणलाई बुझाउन सकेमा पनि औषधीको दुरुपयोग बाट बच्न सकिन्थो यो कुरालाई सबैले मनन् गर्न पर्ने आवश्यक देखिन्छ । तसर्थ औषधीको दुरुपयोग बाट बच्न जहा“ औषधी त्यहा“ फार्मासिस्ट को अवधारणलाई सरकारले प्राथमिकताका साथ लिन जरुरी छ । नत्र क“ही औषधीको बढी प्रयोग हुने कही पारासिटामोल नपाएर मर्ने स्थिति छ । विश्व कहा“ पुगि सक्यो हामि भने औषधी कसरी खाने औषधी को नाम जानेको मान्छे भयो भने भइहाल्यो किन चाहियो फार्मासिस्ट भन्ने कुरामा अल्झेर आज औषधीमा अरबौंको बेरुजु हुने यसले राज्यलाई आर्थिक भार परेको छ । कति औषधी म्याद गुर्जेर फाल्न परेको छ । यी र यस्ता धेरै उदारण छन । निती, नियम छन् तर सरकार र सरकारमा रहेकाको नियतीमा खोट छ । यस तर्पm सरकार वालाको ध्यान जान जरुरी छ ।

सहि एन्टिबायोटिको छनोट कसरी गर्ने ?

एन्टिबायोटिक मात्र नभएर कुनै पनि औषधी तथा औषधीजन्य पदार्थको सहि उपभोग गर्नु भनेको सही बिरामी ,सही औषधी, सही रोग ,सही मात्रामा , सही मार्गबाट सही समयमा सही मुल्यमा बिरामीलाई औषधी सम्बधीत भरपुर परामर्श दिएर औषधी दिनु नै औषधीको समुचित प्रयोग गर्नु हो । यदि हामिले सही एन्टिबायोटिकको प्रयोग गर्नु पुर्व सर्वप्रथम त संक्रमणको सही पहिचान गर्ने । यती मात्र गरेर पनि हामिले उतm संक्रमण भएको बिरामीलाई सही एन्टिबायोटिको छनोट गर्न सकिने अवस्था पनि नहुन सक्छ यसको लागि बिरामीको रोगको लक्षण अनुसार बिरामीको रगत , पिशाब, खकार आदी बाट व्याक्टेरिया लाई कल्चर गर्ने र त्यस जीवाणु बिरुद्र कुन एन्टिबायोटिकले त्यसलाई प्रभाव वा उक्तm जीवाणु मार्न सक्छ भनेर परिक्षण गरिन्छ । यस परिक्षण लाई एन्टिबायोटिक सेन्सेटिभीटी टेस्ट वा एन्टिबायोटिक ससेप्टिबीलीटी टेस्ट भनिन्छ । यो परिक्षण सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु पनि एन्टिबायोटिकको सही छनोट नहुनु एक समस्या हो ।

सबै बिरामी लाई एकै खाले एन्टिबायोटिक वा अन्य औषधी दिन नमिल्ने अवस्था हुन्छन । जस्तै मृगौला रोग सम्बन्धी बिरामी , कलेजो सम्बन्धी रोग , गर्वबती , दुध खुवाईरहेको आमा आदि । यस्तो बेला कम असर गर्ने एन्टिबायोटिक तथा अन्य औषधी दिन नमिल्ने हुन सक्छ । यस्तो अवस्थामा एन्टिबायोटिक सेन्सेसीभीटी टेस्ट गरि एन्टिबायोटिक दिंदा प्राथमिकताको आधारमा कम साईड इफेक्ट औषधी छनोट गर्न सजिलो हुन्छ । तसर्थ सम्पुर्णले व्यतिmगत स्वार्थ भन्दा माथि उठेर समग्र देशका जनताको स्वास्थ्यलाई प्रभावकारी बनाएर देश विदेश बाट उत्पादन भएका दक्ष जनशक्ति लाई अझ थप समय सापेक्ष तालिम दिएर नागरिकाको स्वास्थ्य र शिक्षा लाई ध्यान दिदै स्वास्थ्य र शिक्षा निशुल्क गराउन तिर लाग्न जरुरी छ । स्वास्थ्य र शिक्षा लाई निजिकरण गर्दा यस्तो विकराल स्थिति आएको हो । यस्तो सम्बेदनशील क्षेत्रमा समयमै सबैको ध्यान जान जरुरि छ । यदी देशका नागरिक स्वस्थ भए गुणस्तरिय शिक्षा पाए भने देशमा आर्थिक उन्नती हुन्छ अनि देश समृद्धी हुन धेरै समय लाग्दैन । यो कुरा सबैले बुझ्न जरुरि छ । स्वस्थ जनशक्ति हुनुको अर्थ समग्रमा अर्थतन्त्रको कार्यक्षमता बढ्नु हो । स्वास्थ्यले मानिसको कार्यक्षमतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ ।

मानिसहरु स्वस्थ भएमा आफ्नो क्षमतालाई पर्याप्त मात्रामा उपभोग गर्न सक्दछन । तर अस्वस्थ मानिसले सक्रिय रुपमा आर्थिक तथा सामाजिक विकासका कार्यहरुमा सहभागिता जनाउन सक्दैनन् । तसर्थ सर्मग्र देश विकासमा जनस्वास्थ्यले ठुलो भुमिका निर्वाह गर्ने हुदा सरकारले स्वास्थ्य सेवाको विकास तथा विस्तारलाई ठुलो महत्व दिई यसमा व्यतिmगत स्वार्थबाट माथि उठ्न पर्ने बेला भएको छ । सरकार ले अनुगमनमा कडाई नगर्दा यही मौका छोपेर विना दर्ता औषधी पसल हरु च्याउ जस्तै खोलेका छन । सरकारको यस तर्फ ध्यान जान जरुरि छ । यसले गर्दा अहीले औषधी नपाएर भन्दापनि औषधीको बढी प्रयोगले गर्दा मानिसको अकालमा ज्यान गहिरहेको छ । यस तर्फ पनि सबै सचेत नागरिक , प्रत्रकार र सरकार को ध्यान जान जरुरि छ । जब नागरिक स्वस्थ हुन्छन त्यो देश , त्यो वस्तीको विकास हुन धेरै समय लाग्दैन । समग्रमा माथि उल्लिखित अवस्था विधमान रहे तापनी विभीन्न सर्वेक्षणका आधारमा हेर्दा औषधी र स्वास्थ्य जस्तो संवेदनसील क्षेत्रमा भएको चरम लाहपवाहि लाई नेपालमा नत सरकारले ध्यान दिएको पाईन्छ नत नागरिक आफै सचेत भएको देखिन्छ । यस्तै हो भने औषधीको कारण बाट ज्यान गुमाउनेको संख्या बढ्ने निश्चत छ । सरकारको नियम कागजमा मात्र सीमीत हँुदा नेपालबाट औषधी सम्बन्धी जानकार भएका औषधी विशेषज्ञ (फार्मासिस्ट) दक्ष जनशक्ति बिदेश पलायन हुने गरेका छन । आफ्नो क्षमता, दक्षता अनुसार समाज , देश र विश्वका लागि केहि सकारात्मक योगदान दिने प्रयास गर्ने जुनसकै क्षेत्रको युवा लाई स्वदेशमै रोजगार दिने वातवरण बनाउन सरकार लाग्नु पर्ने हैन र ? स्वास्थ्य क्षेत्रको विकास तथा विस्तारको संन्दर्भमा अनेक प्रकारका नयाँ प्रविधिको विकास भईसकेको भएता पनि हामी त्यी प्रविधि बाट अझैं अनविज्ञ छौं । कारण परम्परागत मुल्य मान्यतामा बढि विश्वास गर्ने, गरिबी, अशिक्षा,चेतनाको अभाव ,महँगा उपकरण ,पुर्वाधारको अभाव, दक्ष जनशक्तिको अभाव र स्वास्थ्य र शिक्षामा हुने राजनिती , नया“ परिवर्तन नचाहने सोचको विकास आदि ।

विभिन्न प्रयास तथा उत्साहजनक नीतिहरु भएता पनि नेपालमा स्वास्थ्य समस्या जटिल अवस्थामा रहेको बिभिन्न अध्ययनले देखाएको छ । चेतनाको कमि, साधनको अभाव, थोरै जनशक्ति तथा भएको जनशक्ति पनि आवश्यक स्थानमा काम गर्न नजाने प्रवृतीले गर्दा वास्तविक सुचना, शिक्षा र स्वास्थ्यसेवा प्रात गर्न सकिरहेका छैनन् । नेपाली जनतामाझ स्वास्थ्यको पहुँच बढाउन , जनचेतना बृद्धि , शिक्षा स्वास्थ्यशिक्षा देखि लिएर , गरिबी बाट मुक्तmगर्न कसरत गर्नुपर्छ । हामीसंग भएको स्रोत, दक्ष जनशक्ति र साधनलाई नै प्रयोग गरी कतिपय स्वास्थ्य समस्यासामाधान गर्दै त्यसबाट नपुगे अन्य आधुनिक स्वास्थ्य उपचार पद्धतिमा गई यहाँका जनताको पहुँच बढाई समग्र देशको स्वास्थ्य स्थितिमा सुधार गर्न सकिन्छ । तसर्थ खुला दिमाखले हेर्न सके नेपालमै अवसर धेरै छन् । मेरो मात्र प्रयासले सम्भव त छैन भनेर बस्नु भन्दा पनि मैले प्रयास नगरेर असम्भव भएको हो भनेर केही गर्न सकिन्छ की ? बराल आमा फार्मेसी सुर्खेतका संञ्चालक,नेपाल फार्मेसी संघ कर्णली प्रदेश सुर्खेतका सचिव तथा मध्यपश्चिम विश्वविद्यालय स्नाकोŒार समाजशास्त्रका बिद्यार्थी हुन ।

प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६     8:36:11 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *