आजकाे माैसम: पहाडी क्षेत्रमा आंशिक बदली हुने, अरु ठाउँमा खुल्ने

काठमाण्डाै – आज बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा हुने देखिएको छ ।

बंगलादेश आसपास बनेको न्यून चापीय प्रणाली र अरब सागरमा बनिरहेको अर्को न्यून चापीय प्रणालीसँगै स्थानीय वायुले पहाडी क्षेत्रमा बादल ल्याउने भएकाले पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुल्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले पहाडी भेगको एक/दुई ठाउँमा हल्का पानी समेत पर्न सक्नेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँको भनाइ छ ।ujyaaloonline बाट साभार गरिएको हो ।।

प्रकाशित मितिः बिहिबार, कार्तिक १४, २०७६     9:48:22 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *