सुनको डल्लो कर्णालीलाई सुन्दर गहना बनाउने अभियानमा कमाण्डर मुख्यमन्त्री शाही

महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ । मूलुक संघीय संरचनामा प्रवेश गरेसँगै कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेर इतिहाँस रच्न सफल मुख्यमन्त्री शाही स्व. बुवा लालबहादुर शाही र आमा रणकौडा शाहीको कोखबाट साबिकको नानीकोट गाविस ८, हालको पचाल झरना गाउँ पालिका कालीकोटमा २०३३ साल माघ १५ गते जन्मिनु भएको हो ।

अभाव, गरिवी र विकटताको चित्रण हुने कर्णाली प्रदेशको पहिलो र ऐतिहाँसिक मुख्यमन्त्री बन्न सफल शाही कर्णालीलाई नेपाली समाज रुपान्तरणको इतिहाँसमा गणतन्त्रका लागि साहस, गौरव र बलिदानको लालकिल्लाको परिचय गराउने जनयुद्ध सँगै राजनीतिको मुल भागमा होमिदै यो स्थान सम्म पुग्न सफल हुनुभएको हो । मिलिसयादेखि जनमुक्ति सेनाको डिभिजन कमाण्डरसम्मको भूमिका निर्वाह गरेका कमान्डर शाही कर्णाली प्रदेशको पनि कमान्डर बन्नु भएको छ । संविधानसभा सदस्य, उर्जामन्त्री, महाअभियोगको प्रस्तावक हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्वेवारी पाएका शाहीले दुई वर्षको कलिलो उमेरमै पिता गुमाउनु पर्यो । बुवाको निधन पछि आमाले भोग्दै आएका हजारौं कष्टको प्रबाह नगरी छोराको उन्नति र प्रगतिलाई शिरोधार्य गर्दै सुन्दर भविष्य निर्माणको यात्रामा महेन्द्रलाई डोर्याएका कारण यो सफलता हात परेको हो । हजारौं पीडा र अभावहरुको पगरी गुत्थै सुन्दर सपनाहरुको खेती गर्दै जिन्दगीलाई मृत्युको मुखमा धकेल्ने हिम्मतका साथ नाफाको जिन्दगी पाएका शाहीले एक नयाँ इतिहाँसको रचना गर्नुभएको छ भने विकटता, दुर्गम र अभाव गुथीएको पगरी फ्याँक्दै सुन्दर कर्णाली, समृद्ध कर्णालीको सपना साकार पार्ने अभियानको नेतृत्व गरिरहनु भएको छ ।

गाउँका केही ठूलाबडाहरुले अन्य गरीब, निमुखालाई गर्ने व्यववहार र अन्यायको प्रत्यक्ष सिकार भएका मुख्यमन्त्री शाहीको मनमा बिद्रोहको बिउ रोपीयो, जो कहिलै नमर्ने गरी । छापामार हुँदै पार्टी र सेनामा समानान्तर भूमिका निर्बाह गर्दै सैन्य इन्चार्ज, सम्मको नेतृत्व गर्न सफल शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोज्नुभयो । मूलधारको राजनीतिमा आउनुभएका शाही कालीकोट जिल्लाबाट संबिधान सभा र प्रदेश सभामा पनि बिजयी हुनुभयो ।  नेपालको संसदीय इतिहासमा लोकमान कार्की बिरुद्ध महाअभियोग प्रस्ताब दर्ता गराई चर्चाको शिखरमा पुगेका मुख्यमन्त्री शाहीको यो कदम दुर्लभ र ऐतिहाँसिक परिघटना हो । जुन द्धन्द्धकालमा गरिएका ठूलाठूला सैन्य हमला भन्दा कम भएन ।

संविधानसभाबाट संविधान निर्माणमा ऐतिहाँसिक भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा ८३ दिन उर्जामन्त्री भई उज्यालो नेपाल अभियानको निरन्तरता, कर्णालीलाई विद्युतको केन्द्रिय प्रसारण लाइनसँग जोड्ने देखि ग्राहकहरुलाई विद्युत भुक्तानीमा ईसेवाको प्रारम्भजस्ता महत्वपूर्ण काम गरि सफल मन्त्री दाजीनु भयो ।

जनमुक्ति सेनाको कमाण्डर, संविधानसभाको सदस्य, भ्रष्टाचार विरुद्धको लडाइँ, उर्जामन्त्री हुँदा उज्यालो अभियान हुदै कालीकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका माननिय सदस्य शाही माघ २५ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकबाट सर्बसम्मत संसदिय दलको नेतामा निर्बाचित भई बामगठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुभएको हो । नेपालका सात वटा प्रदेशहरु मध्ये प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर सर्बसम्मत कायम गर्न सफल भई नमूना कामको सुरुवात गरेका शाहीको नेतृत्वमा समृद्ध, डिजिटल, अर्गानिक प्रदेश निर्माणको अभियानको नेतृत्व गरिरहनु भएको छ । कर्णाली प्रदेशका सम्भावनाहरु तमाम् भएकाले यो सुनको डल्लो भएको बिचार अभिब्यक्त गर्दै आइरहेका मुख्यमन्त्री शाही गहना बनाएर सबैले उपभोग गर्न पाउने वातावरणको सृजना गर्ने अभियानको नेतृत्व गरिरहनु भएको छ ।

राजनीतिक यात्रा –२०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र) बाट राजनैतिक यात्राको सुरुवात,२०५२ सालबाट सुरु भएको तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी,तन्कालिन कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै पार्टी र सेनामा समानान्तर भूमिका निर्बाह,कालीकोट जिल्लाको सैन्य इन्चार्ज भई जनमुक्ति सेनाको नेतृत्व,तत्कालिन नेकपा माओवादीको मध्य तथा सुदूरपश्चिममा भएका कारवाहीको नेतृत्व,पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका सैन्य कारवाहीको नेतृत्व,वार्ड कमाण्डर, स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर,बटालियनकमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर,संविधान सभाको दोस्रो निर्वाचनमा कालीकोट निर्बाचन क्षेत्र बाट बिजयी,८३ दिन उर्जामन्त्री,कालीकोट ख बाट प्रदेश सभा सदस्य पदमा बिजयी,नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित, २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री ।                                                                                                                                                                                                                   सफलताको बाटो ।।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १५, २०७६     9:17:55 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *