पश्चिमी वायु सक्रिय, केही दिन वर्षात्सँगै हिमपात

काठमाडौं २१ कार्तिक । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     9:53:12 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *