पार्टीगत राजनीति त्यागेर विकास र समृद्धको राजनीतिमा लागौं युवा- सुरेश शाही (सेरसिङ)

विकास र समृद्धको राजनीति गर्न सबै भन्दा पहीला अहिलेका मन्त्री  साँसद र यस  देशका शिक्षक जनप्रतिनिधिहरुले पहिला आफुमा विकासको नारा उठाउनु जरुरी देखीन्छ किनभने आफना छोरा छोरी नातागोता र आसेपासेका छोरा छोरी गाँउघरका विधालय र सरकारी विधालय देखी किन पराइभेट विधालयमा यसको अर्थ शिक्षक आफैले पढाएको कुरामा विश्वास छैननकी कतै जनतामा यो सोच छ ।सेरसिङ को अनुरोध यो छ की अहिलेका मन्त्री महामन्त्री साँसद र यस नेपाल भन्ने देशका शिक्षक जनप्रतिनिधिहरुमा आफना छोरा छोरी सबैलाइ सरकारी विधालयमा पढाउ सामुदायीक र सरकारी विधालयको स्तरोउन्नती गर अनी मा तपाइहरु एउटा कुसल राजनितिज्ञ हो हैन भने जनताले तिरेको करलाइ भ्रष्टचार गर्नु भनेको आफो आमाको रगत खानु सरहो । त्यही भएर शिक्षामा माफीयाको अन्तेहोस जनताको चाहाना लाइ मनन गर । आधुनिक शिक्षक कस्तो हुनुपर्छ प्रश्न महत्वपूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा धेरै बर्ष अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै आधुनिक कुरा थियो । शिक्षकको काम व्यवसाय भनेको नै आधुनिक सभ्यतामा हो । पहिला पनि गुरुहरू थिए, तर तिनीहरू आधुनिक शिक्षकहरूभन्दा निकै भिन्न थिए । शिक्षण उनीहरूको पेशा थिएन, उनीहरूको आनन्द थियो । अहिलेको संसारमा शिक्षण व्यवसाय बनेको छ । त्यसको परिणाम के भएको छ भने शिक्षण संस्थाहरू फ्याक्ट्री र कारखानाहरू जस्ता भएका छन् ।

सबै ठाउँका विधालयहरूको एउटा साझ समस्या छः शिक्षकहरूलाई आदर गरिरहेका छैनन् । शिक्षक निकै नै भिन्न कुरा हो । तर शिक्षकको कुरा बेग्लै हो । शिक्षकले काम नै अलिकति बेग्लै गरिरहेको छ ।गुरु त्यो हो, जसले कसैको आत्मालाई ब्यूँझउन सक्छ, कसैको व्यक्तित्वलाई गरिमा प्रदान गर्न सक्छ, उसभित्रको नफूलेको फूल फुलाई दिनसक्छ । सम्भावनाहरू आज बिल्कुल बदलिएका छन्, किनभने बीस वर्षमा एउटा पुस्ता फेरिन्छ, बीस वर्षमा नयाँ ज्ञानको ठूलो विष्फोट हुन्छ र बीस वर्ष पहिले शिक्षित भएको व्यक्ति अहिले आफ्नो विद्यार्थीभन्दा पनि पछाडि पर्छ । पहिला सारा ज्ञान अनुभवबाट मात्र उपलब्ध हुन्थ्यो । ज्ञान स्थिर हुन्थ्यो, हजारौं वर्षसम्म त्यसमा कुनै परिवर्तन हुँदैनथ्यो । यसैले शिक्षकलाई ढुक्क थियो । आज शिक्षक र विद्यार्थीबीच अक्सर एक घण्टाको मात्रै दूरी हुने गर्छ । शिक्षक एक घण्टा पहिले तयारी गरेर आउँछ, एक घण्टापछि विद्यार्थीहरू पनि त्यति नै कुरा जान्दछन् । उनीहरूबीचको दूरी साह्रै थोरै हुन्छ र उसलाई धेरै आदरणीय मान्न सकिंदैन । आदर दूरीबाट पैदा हुन्छ । कोही शिखरमा उभिएको छ र हामी भुइँमा उभिएको छौं भने सम्मान पैदा हुन्छ । तर अचेल अलिकति अगाडि कोही उभिएको छ भने एकैछिनमा हामी पनि त्यहीं पुग्छौं ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६     12:39:12 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *