कर्णालीको रारामा फोरजी सेवा

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुचारु गरिएको छ नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रूत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो। बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत विमल पोखरेलले जानकारी दिए।

टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको छ। एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको उनले जानकारी दिए।‘रारा आउने पर्यटकहरुलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौं,’ पोखरेलले भने, ‘यो सेवाले रारामा पुग्ने पर्यटकहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियोहरु तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ।’

फोरजी सेवा सञ्चालनमा आएसँगै विकट मध्येको एक मुगुका बासिन्दाले पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्।

प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६     1:47:58 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *