५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य पदक

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ। शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालका लागि गोपीचन्द्र पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेका हुन्।

यो स्पर्धामा भारतका सुनील दावाले रजत पदक पाएका छन्। उनले १४ मिनेट ५५.२१ सेकेन्डमा पूरा गरे। यसैगरी नेपालका हरिकुमार रिमाल कास्य १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक जितेका हुन्।

चन्दले स्वर्ण दिलाएसँगै एथ्लेटिक्समा नेपालले दोस्रो स्वर्ण पाएको छ। यस अगाडि सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनेकी थिइन‍्। उनले १० हजार मिटर दूरी पूरा गर्न दौडका सहभागीले रंगशालामा बिछ्याइएको ट्र्याक पछ्याउँदै २५ चक्कर लगाउनुपर्ने थियो।

आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्। तर, अन्तिम ५० मिटरको दौड बाँकी रहँदा भारतीय धाविका कविता यादवले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरिन्।

प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै कविताभन्दा पहिले लक्ष्य पूरा गरेकी थिइन‍्।

दक्षिण एसियाली एथलेटिक्समा भारत र श्रीलंकाकाको दबदबा रहँदै आएको थियो।जितसँगै एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले यो ऐतिहासिक सफलता भएको अन्नपूर्णसँग बताए। उनले भने,’हाम्रो तयारी पनि राम्रो थियो, होम ग्राउण्ड भएकाले खेलाडीलाई थप उर्जा मिल्यो।’

अहिले केहिसमय पछाडि हुने एथ्लेटिक्सको महिलातर्फ हुने ५ हजार मिटर दौडमा पनि सन्तोषी श्रेष्ठले भाग लिएकी छिन्।

प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६     1:30:37 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *