पलाँता गाउँपालिका को आर्थीक सयोगमा दैनिकरका किसानहरुका लागि तरकारी का बिरुवा बितरण ।।

नम राज न्यौपाने पलाँता ,कालिकोट जिल्ला पलाँता गाउँपालिका वडानं.७ दैनिकरका कृषक हरुका लागि तरकारीका बिरुवा उपलब्ध गराउन सोसेक नेपाल दैलेख सहजिकरण र पलाँता गाउँपालिका को आर्थिक सयोग र वडानं ७ को सम्वनयमा नर्सरी सञ्चालन गरीको छ । पलाँता गाउँपालिका –७ मा सञ्चालन गरिएको बेमौषमी तरकारीका बिरुवा नर्सरीले शनिबार देखि औपचारिक रुपमा बिरुवा बितरण शुरु गरेको हो । सोसेक नेपाल दैलेख का सुपरभाईजर पार्बति बमले बिरुवा बितरण गरेर नर्सरीको औपचारिक रुपमा शुरुवात गर्नु भएको छ ।


पलाँता गाउँपालिकाको भौगोलिक बिबिधता हेरेर बिभिन्न जातका तरकारीका बिरुवा उत्पादन तथा बितरण गर्ने लक्ष्य राखिएको पलाँता ७ का वडाध्यक्ष बर्ज बहादुर बमले जानकारी दिनुभयो । कृषकले निजी नर्सरीको बिरुवा तुलनामा यो नर्सरीबाट बिरुवा उपलब्ध गराउने बम ले जानकारी दीनुभयो । वडा पालिका भित्रका कृषकहरुबाट प्रत्येक महिनाको १६ गते भित्रमा विरुवाको माग संकलन गर्ने र माग अनुसार सम्बन्धित कृषकहरुलाई विरुवा वितरण गर्ने तयारी छ । मागका आधारमा सहुलियत बिरुवा उपलब्ध गराउने छौ उनले भने । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी १ कट्टा जमिनमा फैलिएको छ । जग्गा अनुदान लिएर नर्सरी स्थापना भएको हो । वडापालिकाले उक्त नर्सरीमा उन्नत जातको काउली, टमाटर, बन्दागोवी, ब्रो काउली, रायोका बिरुवा समेत बितरण गरीएको गाउँपालिका कमप्युटर अपरेटर पटक बिश्वकर्मा ले जानकारी दीनु भयो ।

प्रकाशित मितिः मङ्लबार, पुस १५, २०७६     8:05:36 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *