गाउपालिका अध्यक्ष ले नै गरे सर्वसाधारण लाइ अभद्र ब्यबहार

जिल्ला प्रहरी कार्यलय दैलेख ले नौमुले गाउपालिका का अदक्ष्य भदे बुढा मगर सहित चार जना लाइ अभद्र व्यबहार सम्बन्धी मुद्दामा पक्राउ गर्न अनुमती दियको छ।
। माघ १३ गते जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा अध्यक्ष सहित को टोलि ले नौमुले गाउँपालिका–५ का कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेका हुन । हतियारसहित गएर कृष्ण सलामीलाई अभद्र व्यवहार गरेको भन्दै कृष्ण सलामीका दाइ गणेश सलामीले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकाका अध्यक्ष मगरसहित चारजनालाई पक्राउ गर्न अनुमति दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । अध्यक्ष मगरसहित गणेश थापा मगर, कपिल सिंह र छविलाल राम्जालीलाई पक्राउ गर्न अनुमति दिइएको हो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेपछिगणेश थापा मगर कपिल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष मगर र राम्जाली भने फरार रहेको उनले बताए बताए । प्रमुख जिल्ला अधिकारी कट्टेलले कानुनलाई हातमा लिन खोजेर अनैतिक कार्य गर्ने जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन प्रशासनको दायित्व रहेको बताउँदै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए ।

प्रकाशित मितिः शनिबार, माघ १८, २०७६     5:39:40 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *