डिभोर्सपछि दुःख पायौ भन्नेहरू अचेल मेरो कामको तारिफ गर्छन्’

जीवनमै पहिलो पटक एक महिनाभन्दा बढी घरबाट टाढा हुँदा समरा जोशीले सबभन्दा बढी छोरालाई ‘मिस’ गरिन्। २०७३, पुस १ गते छोराको १० औं जन्मदिन थियो। छोराको जन्मदिनमा पहिलो पटक टाढा हुँदा उनलाई केही बिराएझैं ग्लानी भइरह्यो। ‘भैरे’ सिनेमा छायांकनका लागि मेकअप आर्टिस्टका रूपमा उनी माथिल्लो मुस्ताङ पुगेकी थिइन्। छोराको जन्मदिनमा मात्रै होइन, छायांकन अवधिभर ‘छोराले के सोच्यो होला? कतै मसँग रिसायो कि?’ भनेर घरीघरी पिरोलिएकी थिइन्।

चार वर्षअघि म्युजिक भिडिओबाट काम सुरू गरेकी समरा यसअघि एक-दुई दिनभन्दा बढी बाहिर बस्नु परेको थिएन। फिल्म क्षेत्रको अनुभव पहिलो गाँसमै ढुंगा भनेझैं भयो।निरुत्साहित भएर काठमाडौं फर्केको समय सम्झिँदै भन्छिन्, ‘अब फेरि फिल्ममा काम गर्दिनँ, म्युजिक भिडिओ नै ठीक भन्दै फर्केकी थिएँ।’

समराको त्यो सोच लामो समय भने टिकेन। त्यही विचारमा अडिएको भए सायद उनी पछुताउने थिइन्। केही अन्यौल बावजुद निरन्तरता नदिएकी भए ‘साइँली’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘गोपी’, ‘सेन्टी भाइरस’ लगायत फिल्मसँग उनको नाम र काम जोडिने थिएन। काम सिलसिलामा बाहिर हिँडिराख्दा छोरा र आमाबुवालाई समय दिन नपाउने समराको चिन्ता आज पनि उस्तै हो। तर अचेल उनले त्यो चिन्ताको जवाफ भेटिसकेकी छन्।आमाबुवाकी एकमात्रै सन्तान समराको काँधमा छोराको भविष्य र अभिभावकको स्याहारसुसारको दोहोरो जिम्मेवारी छ। www.setopati.com

प्रकाशित मितिः बिहिबार, फाल्गुन २२, २०७६     5:58:58 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *