पुराना दिन सम्झँदै राप्तीमा रम्दै महरा

संसद सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महरा अचेल फुर्सदमा छन्। फुर्सद मतलब घुमफिर गरिरहेका छन्। फागुन ५ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी प्रयास मुद्दामा सफाइ दिएपछि महराको तीन महिना लामो जेल बसाइ सकिएको थियो।अदालतबाट सफाइ पाएको एक साता नबित्दै महरा आफ्नो निर्वाचन क्षेत्र दाङ गएका थिए। झन्डै दुई सातादेखि उनी पूरानो राप्ती अञ्चलका क्षेत्र घुमिरहेका छन्। कहिले सशस्त्र युद्धका बेला आफ्नी श्रीमती र छोरा बसेको घरमा गएर त कहिले सरकारसँग पहिलो पटक वार्ता भएको ठाउँमा पुगेर उनले पुराना यादहरूलाई फर्काइरहेका छन्।

महरा जाने ठाउँमा पार्टीले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन।  तैपनि महरा जहाँ पुग्छन्, त्यहीँ संक्षिप्त सम्बोधन गर्छन्। षडयन्त्रपूर्वक आफूलाई तीन महिना भूमरीमा पारिएको तर्क गर्छन्। स्वागत र सम्मानमा बाजागाजासहित जम्मा भएका मानिसलाई आफू निर्दोष रहेको जिकिर गर्छन्। जनताप्रति ऋण भएको भन्दै भविष्यमा ‘जनताकै शक्ति’ले अगाडि बढ्ने प्रण गर्छन।मंगलबार राति उनी आफ्नो जन्मघर रोल्पा पुगे। रोल्पा नगरपालिका-१  मैवाङमा रहेको पुर्ख्यौली घरमा उनी २५ वर्षपछि बास बस्न पुगेका हुन्।पछिल्लो समय यो घर रित्तो थियो। कोही बस्दैन थिए।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २२, २०७६     5:54:17 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *