पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट, (अपडेट) के भयाे पुरा हेर्नुहाेस ।।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसरकुकर बम विष्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ४५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार  बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्डभित्र पर्खालसँगै बम राखिएको थियो।विस्फोटले सो पर्खालको एउटा भाग भत्किएको छ। प्रेसर कुकर बमको चोइटाले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ।बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।

यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए।

सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।www.setopati.com  साभार

प्रकाशित मितिः बुधबार, फाल्गुन २८, २०७६     10:24:52 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *