पलाँता गाउ पालिका वार्ड नम्बर ३ मा दादुरा रुबेला खोप लगाइयाे ।।

कालिकोट जिल्ला को पलाता गाउ पालिका वार्ड नम्बर ३ मा दादुरा रुबेला खोप सामुदायिक स्वास्थ इकाइ धौलागोह मा जम्मा ६० जना र भुवानी आधारभुत बिधालय सल्लेरीमा ७० जनालाई खोप लगाएको स्वास्थ इकाई प्रमुख अर्जुन प्रसाद आचार्यले बताएका छ्न ।

उनले थपे यश रोगका लक्षण ज्वरो आउने, खोकी लाग्ने , नाक घाटी रातो हुने वा पोल्ने , कानको पछाडि देखि डावर सुरु भै अनुहार हुँदै जिउ भरी फैलिने , ज्वरो र डावर ३ देखि ४ दिन पछि आफै हराउने , बिरामीको तौल कम हुने , कन्जिनेटल सेण्ड्रोममा जादा बिरामी बैरो पन हुने बिरामी लाई आखा को समस्या मोतिबिन्दु मुटुमा समस्याका साथै सुस्त मनस्थिति बाट बचाउछ ।

यो रोग दादुरा रुबेला बाट बच्नका लागि ९ महिना देखि ५९ महिना को बच्चालाई पलाता गाउँ पालिका भरी लगाइएको स्वास्थ शाखा प्रमुख हिमाल संज्यालले बताए । उनका अनुसार पलाता गाउँ पालिका वर्डा नम्बर १ देखि ६ सम्म को अनुगमन संतोषजनक रहेको बताय ।

प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६     7:58:53 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *