कोरोना संक्रमित युवतीसँगै आएका सुर्खेती युवक होम क्वारेन्टाइनमा

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका सुर्खेतका एक किशोरलाई होम क्वारेन्टाइनमा राखिएको छ । युवतीसँगै विदेशबाट आएका उनी काठमाडौंबाट नेपालगञ्ज हुँदै सुर्खेत आएका थिए ।

गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरी चढेकै हवाइजहाजमा आएका युवक अहिले होम क्वारेन्टाइनमा राखिएको छ । उनका छिमेकीहरु त्रासमा रहेका छन् । स्रोतका अनुसार युवक आफै सुरुमा प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरीले स्वास्थ्यकर्मीलाई खवर गरेको थियो । hamroakhabar.com

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     1:34:28 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *