कोरोना भाइरस उपचार कोषमा सांसद बुढा र उनका स्वकिय सचिव उपाध्यायको सहयोग

कालिकोटबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद जीवन बुढा र उनका स्वकिय सचिव तिलक प्रसाद उपाध्यायले एक महिनाको पारिश्रमिक सरकारद्वारा संचालित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

उपाध्यायले शनिबार एक विज्ञप्ती सार्बजनिक गर्दै एक महिनाको पारिश्रमिक नेपाल सरकारद्वारा संचालित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।सांसद बुढाको मासिक पारिश्रमिक ८० हजार छ भने स्वकिय सचिव उपाध्यायको तलब ३५ हजार ५ सय रहेको छ ।

“एक जना कोरोना पीडित नेपाली उपचारको अभावमा मर्न नपरोस् अनि मजदुर वर्ग जो दिउँसो काम गरेर बिहान साँझ छाक टार्छ्न उनिहरु पनि भोकै मर्न नपरोस् भन्ने हेतुका साथ यो सानो रकम कोषमा जम्मा गर्ने घोषणा गरेका छौं।” उपाध्यायले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

उपाध्याय अनेरास्ववियुका केन्द्रिय सदस्य समेत हुन् ।

प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६     8:52:47 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *