राष्कोट नगरपालिका द्वारा पाच सय ३६ जना अति बिपन्न,गरिब, परिवारलाई खाध्यान्न राहत बितरण ।।

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९ लाई ध्यान राख्दै कालिकोट जिल्लाको राष्कोट नगरपालिकाले नगरपालिकामा रहेका १ वडा देखि ९ वडा सम्मका अति बिपन्न,गरिब, असहाय परिवारलाई आज राह बितरण गरेको  राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बतााउनु भएको छ ।

नगर पालिकाले प्रति परिवारलाई ३० के.जि चामल,२ के.जि दाल, १ पोका तेल, १ पोका नुन वितरण गरेको हो ।  आज ९ वटै वडाका  पाच सय ३६ जना अति बिपन्न,गरिब, असहाय परिवारलाई राहत बितरण  गरिएको  नगर प्रमुुुख बराल ले बताउनुभयो  ।।

बरालका अनुसार थप राहत तत्काल पलान नेपालको आर्थिक सहयोगमा  नगरपालिकाका सय ३४ जना अति बिपन्न,गरिब, असहाय परिवारलाई  राहत  वितरण गर्ने बताउनुभयो ।

राहत बितरण गर्दै राष्कोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णप्रसाद पुजारीले  यो विपदमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने आग्रह गर्नुभयो ।

 

प्रकाशित मितिः आइतवार, चैत्र ३०, २०७६     3:02:40 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *