१० दिन लकडाउन लम्बियो,बैशाख २५ सम्म

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अरु १० दिन लम्बाउने निर्णय गरेको हो ।
पूर्वघोषित लकडाउन बैसाख १५ गते सम्म का लागी थियो,तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको नयाँ संक्रमण देखिन नछोडेको र अझै नेपाल कोरोना भाइरस बाट जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७     7:31:11 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *