अछामको आइशोलेसनमा भर्ना भएकि एक महिला को मृत्यु

जिल्ला अस्पताल अछामको आईश्वलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ बर्षिय महिलाको निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनलाई केहि समय पहिले कोरोना भाईरसको आशंकामा अस्पतालको आईश्वलेसन वार्डमा राखिएको थियो ।

बिहिबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट नेगेटिभ छ ।

उनको कोरोना भाईरसको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाईएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए

स्रोत:Hamronigrani

प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७     5:23:20 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *