पलाँताका नागरिकलाई सुर्खेतमा राहत बाँड्दै अध्यक्ष बम

बिरेन्द्रनगर, सुर्खेत  कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले सुर्खेतमा राहात बाडेका छन् ।  लकडाउनका कारण  सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका हुन् ।‘लकडाउनका कारणले पढ्नको लागि सुर्खेत आएका विद्यार्थीहरु समस्यामा परेको मैले सुने त्यो सुन्ने वित्तिकै आफ्नो व्याक्तिगत रुपमा  राहत स्वरुप एक बोरा चालम र दुई पोका तेल दिएको हुँ, अध्यक्ष बमले भने,’ विद्यार्थीहरु बाहेक अरु पनि समस्या पर्नु भएको रहेछ राहत दिदै गर्दा मैले थाहा पाएँ उहाँहरुलाई पनि सहयोग गरेको छु ,।’

अध्यक्ष बमले सुर्खेतमा जति जति समस्यामा परेका छन् उनिहरुको कोठामै पुगेर सहयोग गर्ने बताएका छन । उनले समस्या परेमा आफुलाई सम्पर्क गर्नकोलागि समेत अनुरोध गरेका छन् ।विहिवार मात्रै अध्यक्ष बमले १८ जनालाई सहयोग गरेको बताए राहत बितरण कार्यलाइ निरन्तरता दिने जानकारी दिएका छन ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १, २०७७     6:49:55 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *