कर्णाली प्रदेश सरकारले दलित मैत्रि वजेट छुट्याउन युवा नेता सुनारको आग्रह ।

सुर्खेत ११ असार-दैलेख जिल्ला दुल्लु नगर कमिटिका सदस्य एवं समाजसेवी तिर्थ सुनारले स्थानिय तहलाई दलित मैत्रि वजेट वनाउन माग गरेका छन्।
स्थानिय तहका नगर तथा गाउँ सभाहरु संचान भैरहेको वेला युवा नेता सुनारले आफ्नो सामाजिक संजाल मार्फत स्थानिय तहलाई आग्रह गर्दै भनेका छन्। सामाजिक हिसावले पछाडी पारिएको दलित समुदायका नागरिकहरुको चौतफी विकास गर्न र उनिहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन स्थानिय तहले अनिवार्यरुपमा दलितको क्षेत्रमा प्रसस्त मात्रमा वजेट छुट्याउनु पर्दछ।
यसैगरि दलित समुदायएको शसक्तिकरण र क्षमता विकासको लागी राज्यले थोरै मात्रामा छुट्याएको वजेट २र४ जना दलितका टाठा-वाठाले मात्र प्रयोग गरेको हुदा यस्तो गर्न नदिई दलितको वस्ति सम्म पुरयाउर्दै यसको सदुपयोग गर्न सम्वन्धित सरकोरवाला सगं माग गरेका छन्।
उनले कर्णाली प्रदेशमा कोरना नियन्त्रण तथा रोक थाम संगै बाडी पहिरो को जोखिम रहेको बस्तीलाई समयमै ब्याबस्थापन गर्न प्रदेश सरकार लाई समेत अनुरोध गरेका छन्।
लामो समयसम्म सरकारले गरेको लक डाउनले गर्दा सम्पूर्ण ब्यबसाय गरेर बसेका ब्यबसायिहरुको व्यापार चौपट परेको ज्यालादारी गरेर घर खर्च चलाएर बसेका मजदुरहरु पनि मर्कामा परेकोले उनिहरुलाई सम्वोधन गर्न सरकार संग आग्रह गरेका छन्।

प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     9:07:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *