मनकारी न्यौपाने ले गरे पाइल्स पिडित लाई आर्थिक सहयोग ।

दक्षिण कोरिया मा रहेका छबिलाल न्यौपाने ले कालिकोट सुभकालिका ३ कि बर्ष २१ कि एक महिला लाई रु १५००० आर्थिक सहयोग गरेका हुन । महिला न्युन आर्थिक र आयस्रोत भएको परिवार मा जन्मिएको र कोभिड १९ ले गर्दा बिश्वब्यापी रुपमा ठुलो प्रभाव परिरहेको र ठुलो भयावह रुप लिरहेको बेला आफ्नो उपचार गर्न नसकेर बसेकी महिला सहयोग पाउँदा भगवान झै सम्झेर खुसी भएकी छ्न ।
मिडिया मा आफ्नो नाम नखुलाउन चाहेकी युवती आफ्नो आफन्त मार्फत सम्पर्कमा पुगि सहयोग पाएकी हुन उनी ३ बर्ष देखि पाइल्स पीडित छ्न ।
यसअघि पनि न्यौपानेले नेपालमा रहेका विभिन्न समस्या मा परेका र आर्थिक हिसाबमा कम्जोर भएका मानिस लाई सहयोग गर्दै आएका छ्न न्यौपाने कामको सिलसिला मा हाल working visa मा कोरिया बस्दै आएका छन । आफू न्यूनपरिवार मा जन्मेको र न्युनपरिवार मा जन्मिदा कति समस्य हुन्छ भन्ने आफुले भोगेको ले आफु सकेसम्म सहयोग गर्दै आएको न्यौपाने बताउछन् ।

प्रकाशित मितिः शनिबार, असार १३, २०७७     8:29:50 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *